जोशीपुर बजार व्यवस्थापन समितिद्वारा वृहत सरसफाइ अभियान

कैलालीको जोशीपुर गाउँपालिकाको मुटुका रूपमा परिचित जोशीपुर बजार क्षेत्रमा वृहत सरसफाइ अभियान सञ्चालन गरिएको छ। जोशीपुर बजार व्यवस्थापन समितिको आयोजनामा तथा विभिन्न संघ–संस्था, विद्यालय र व्यापारीहरूको सहयोगमा पुष १५ को अवसर पारेर उक्त अभियान सञ्चालन गरिएको हो।

बजार व्यवस्थापन समितिको नयाँ कार्यसमिति चयन भएको एक महिना नपुग्दै समितिले बजार सरसफाइजस्तो महत्वपूर्ण कार्यको थालनी गरेको हो। अभियानका क्रममा फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउन विभिन्न संघ–संस्थाहरूले डस्टबिन सहयोग गरेका छन्।

oplus_2097154

सहयोग गर्ने संस्थाहरूमा साना किसान सहकारी संस्था जोशीपुरले ५ थान, नवजीवन सहकारी संस्था जोशीपुर शाखाले २ थान, कैलाली दीप ज्योति स्कुल जोशीपुरले २ थान, सुनौलो बचत तथा ऋण सहकारी संस्था जोशीपुरले ५ थान, रघुनाथ माध्यमिक विद्यालय जोशीपुर–७ ले २ थान, किसान बहुउद्देश्यीय सहकारी संस्थाले २ थान, जनप्रकाश माध्यमिक विद्यालयले २ थान, निश्राउ बहुउद्देश्यीय सहकारी संस्थाले ५ थान, फरवार्ड माइक्रोफाइनान्सले ५ थान तथा सोलुसन नेपाल पुनःस्थापना तथा मानसिक स्वास्थ्य सेवा केन्द्र भजनीले २ थान डस्टबिन उपलब्ध गराएका छन्।

यस्तै, युनिटी स्पिकर ग्रुपका जेन्जी युवाहरू, जनप्रकाश माध्यमिक विद्यालय तथा हेभन गार्डेन बोर्डिङ स्कुलका विद्यार्थीहरू लगायत डस्टबिन सहयोग गर्ने संघ–संस्थाहरूको सक्रिय सहभागितामा सरसफाइ अभियान सम्पन्न भएको हो। प्राप्त डस्टबिनहरू बजार क्षेत्रका विभिन्न स्थानमा राखिएको बजार व्यवस्थापन समितिले जनाएको छ।

अभियानमा बजारका व्यापारीहरूको उपस्थिति अपेक्षाकृत न्यून रहे पनि संघ–संस्थाका प्रतिनिधि तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। गाउँपालिकाको पछाडि रहेको पुरानो हाटबजार क्षेत्रबाट सुरु गरिएको सरसफाइ अभियानले सम्पूर्ण बजार क्षेत्र समेटेको थियो।

बजार व्यवस्थापन समितिका अध्यक्ष योगेन्द्र बमका अनुसार आगामी दिनमा यस्ता सरसफाइ कार्यक्रमलाई निरन्तरता दिइनेछ भने छिट्टै वृक्षारोपण कार्यक्रमसमेत आयोजना गरिने योजना रहेको बताए ।

सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिले प्रधानमन्त्री बालेनलाई बुझायो प्रतिवेदन

शाख २८ गतेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतमप्रसाद भण्डारीले संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको...

बीमा कार्यक्रमलाई दीर्घकालीन रूपमा धान्न सकिनेगरी पुनर्संरचना गरिने

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले स्वास्थ्य बीमा कार्यक्रमलाई दीर्घकालीन रूपमा धान्न सकिनेगरी पुनर्संरचना गरिने बताएका...

रास्वपाकै सांसद अमरेशको टिप्पणी : यो आफैँमा फुलेको बेलुन हो, लामो समय टिक्दैन

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले सरकारले ल्याएको बजेटमाथि असन्तुष्टि जनाएका...

दरबार हत्याकाण्ड छानबिनः तत्कालीन प्रधानसेनापति राणासहित उच्च सैन्य अधिकारीले के भनेका थिए

काठमाडौं– नारायणहिटी राजदरबार हत्याकाण्डको २५ वर्षपछि गृह मन्त्रालयले पुराना फाइलहरू कोट्याउँदै पुनः छानबिन गर्ने औपचारिक...

बोलीले विवादमा प्रधानमन्त्री बालेन, क्षमा माग्न या राजीनामा दिन दबाब,

प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले आइतबार संसदमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा नेपालले पनि भारतीय सीमा मिचेको भन्दै...