जोशीपुर बजारका चोक–चोकमा दाउरा वितरणजो

जोशीपुर बजार व्यवस्थापन समितिले जोशीपुर बजारमा दाउरा वितरण गरेको छ। बढ्दो चिसोबाट बच्न बजारका व्यापारी, ग्राहक तथा आवत–जावत गर्ने बटुवाहरूलाई हात सेक्न र शरीर न्यानो पार्ने उद्देश्यले दाउरा वितरण गरिएको हो।

चिसो बढेसँगै बजारका विभिन्न स्थानमा दाउरा बालेर आगो ताप्ने दृश्य देखिए पनि दाउराको अभाव भएको बजारबासीहरूको गुनासोलाई मध्यनजर गर्दै दाउरा वितरण गरिएको बजार व्यवस्थापन समितिका अध्यक्ष योगेन्द्र बमले जानकारी दिनुभयो।

उक्त दाउरा वितरण कार्यक्रममा इलाका प्रहरी कार्यालय जोशीपुरका इन्चार्ज चङ्ख कठायतको विशेष सहयोग रहेको थियो। दाउरा शंकर सामुदायिक वन र ग्रील्यान्ड सामुदायिक वनले उपलब्ध गराएका हुन् भने जोशीपुर गाउँपालिकाले जेसीबी र ट्र्याक्टर उपलब्ध गराई सहजीकरण गरेको थियो।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...