केदार ग्रामीण विद्युत सहकारीको अध्यक्षमा गोबिन्द कठरिया चयन

कैलाली । जोशीपुर गाउँपालिका–६ सिमरीमा रहेको केदार ग्रामीण विद्युत सहकारी संस्था लिमिटेडको अध्यक्षमा गोबिन्द कठरिया चयन भएका छन्। संस्थाको ९औँ निर्वाचन साधारणसभा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएसँगै नयाँ कार्यसमिति चयन गरिएको हो।

नवगठित कार्यसमितिको उपाध्यक्षमा संगम रावत, सचिवमा दुर्गा कुमारी चौधरी र कोषाध्यक्षमा भिमलाल बिनाडी चयन भएका छन्। त्यस्तै सदस्यहरूमा गोपाल बी.के., मिरा कुमारी डगौरा, धनबहादुर बम, गणेश बडायक र रवि कठरिया रहेका छन्। लेखा समितिको संयोजकमा पुष्कर बहादुर मल्ल सँगै दुईजना सदस्य चयन भएका छन्।

साधारणसभामा संस्थाले आर्थिक वर्ष २०८१/०८२ को आय–व्यय विवरण प्रस्तुत गरेको थियो। विवरणअनुसार संस्था नाफामा गएको जानकारी दिँदै ६३४ जना सेयर सदस्यलाई प्रति व्यक्ति एक हजार रुपैयाँका दरले नगद वितरण गरिएको थियो।

कार्यक्रम संस्थाका निवर्तमान अध्यक्ष सुरेन्द्र बडाएको अध्यक्षतामा तथा जोशीपुर गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष भोजराज डगौराको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा वडा सदस्य राजेन्द्र प्रसाद बडायक, नेपाल कम्युनिस्ट पार्टी जोशीपुर संयोजक दीर्घ बिनाडी, समाजसेवी, बुद्धिजीवी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, व्यापारी, शिक्षक तथा सेयर सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा अतिथिहरूलाई स्वागत मन्तव्यसँगै संस्थाका उपाध्यक्ष रमेश पाण्डेले गरेका थिए।

नयाँ कार्यसमितिमा जेन्जी युवाहरूको बहुमत रहेको भन्दै संस्थाले आगामी दिनमा अझ प्रभावकारी ढंगले सेवा विस्तार गर्दै थप प्रगति गर्ने विश्वास सेयर समितिले व्यक्त गरेको छ।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...