कार्यकर्ताको दबाब: समानुपातिक कोटामा वीरबहादुर हमाललाई समेट्न माग

कैलाली । संघीय सदस्यका लागि समानुपातिक कोटामा आकांक्षी उम्मेदवार रहनु भएका नेपाली काँग्रेसका नेता वीरबहादुर हमालप्रति पार्टीका नेता, कार्यकर्ता तथा समाजका विभिन्न तहबाट उच्च सम्मान र समर्थन व्यक्त हुँदै आएको छ।

आफ्नो व्यक्तिगत र पारिवारिक स्वार्थभन्दा माथि उठेर निरन्तर समाज र नेपाली काँग्रेसको संगठन निर्माणमा समर्पित रहँदै आउनु भएका हमालको योगदान अतुलनीय रहेको कार्यकर्ताहरूको भनाइ छ। लामो समयदेखि पार्टी र समाजका लागि इमान्दारितापूर्वक काम गर्दै आएका हमाललाई समानुपातिक कोटामा समेटिनुपर्ने माग दिनानुदिन बलियो बन्दै गएको छ।

पार्टीभित्र निर्णायक भूमिकामा रहेका निकायले हमालको योगदानको उच्च मूल्याङ्कन गर्दै उचित न्याय गर्नुपर्ने कार्यकर्ताहरूको जोड छ। समानुपातिक कोटामा उहाँको कार्य र त्यागको कदर भएमा त्यसले नेपाली काँग्रेसका नेता, कार्यकर्ता तथा सामाजिक व्यक्तित्वको समेत सम्मान भएको अनुभूति हुने उनीहरूको विश्वास छ।

समाज, राष्ट्र र राष्ट्रियताप्रति समर्पित व्यक्तित्वका रूपमा परिचित हमाललाई गरिने सम्मानले सुदूरपश्चिम प्रदेशमा नेपाली काँग्रेस अझ सशक्त र जनआधारित बन्ने तथा यस क्षेत्रका जनता थप बलियो र उत्साहित हुनेमा कार्यकर्ताहरू विश्वस्त छन्।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...