कार्यकर्ताको दबाब: समानुपातिक कोटामा वीरबहादुर हमाललाई समेट्न माग

कैलाली । संघीय सदस्यका लागि समानुपातिक कोटामा आकांक्षी उम्मेदवार रहनु भएका नेपाली काँग्रेसका नेता वीरबहादुर हमालप्रति पार्टीका नेता, कार्यकर्ता तथा समाजका विभिन्न तहबाट उच्च सम्मान र समर्थन व्यक्त हुँदै आएको छ।

आफ्नो व्यक्तिगत र पारिवारिक स्वार्थभन्दा माथि उठेर निरन्तर समाज र नेपाली काँग्रेसको संगठन निर्माणमा समर्पित रहँदै आउनु भएका हमालको योगदान अतुलनीय रहेको कार्यकर्ताहरूको भनाइ छ। लामो समयदेखि पार्टी र समाजका लागि इमान्दारितापूर्वक काम गर्दै आएका हमाललाई समानुपातिक कोटामा समेटिनुपर्ने माग दिनानुदिन बलियो बन्दै गएको छ।

पार्टीभित्र निर्णायक भूमिकामा रहेका निकायले हमालको योगदानको उच्च मूल्याङ्कन गर्दै उचित न्याय गर्नुपर्ने कार्यकर्ताहरूको जोड छ। समानुपातिक कोटामा उहाँको कार्य र त्यागको कदर भएमा त्यसले नेपाली काँग्रेसका नेता, कार्यकर्ता तथा सामाजिक व्यक्तित्वको समेत सम्मान भएको अनुभूति हुने उनीहरूको विश्वास छ।

समाज, राष्ट्र र राष्ट्रियताप्रति समर्पित व्यक्तित्वका रूपमा परिचित हमाललाई गरिने सम्मानले सुदूरपश्चिम प्रदेशमा नेपाली काँग्रेस अझ सशक्त र जनआधारित बन्ने तथा यस क्षेत्रका जनता थप बलियो र उत्साहित हुनेमा कार्यकर्ताहरू विश्वस्त छन्।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...