नेपाली कम्युनिस्ट पार्टी कैलाली क्षेत्र नं. १ बाट जेन्जी तपेन्द्र शाह सिफारिस

कैलाली । नेपाली कम्युनिस्ट पार्टी कैलाली क्षेत्र नं. १ बाट कैलालीको जानकी गाउँपालिका–४ निवासी जेन्जी युवा अखिल (क्रान्तिकारी) का कैलाली जिल्ला अध्यक्ष तपेन्द्र शाह सिफारिस भएका छन्।

पार्टीको क्षेत्रीय छलफल तथा आन्तरिक परामर्शपछि शाहलाई पार्टीको महत्वपूर्ण जिम्मेवारीका लागि सिफारिस गरिएको हो। पार्टी स्रोतका अनुसार उक्त सिफारिस प्रक्रिया आगामी केन्द्रीय निर्णयका लागि पठाइसकिएको छ भने अन्तिम निर्णय पार्टी नेतृत्वले गर्ने जनाएको छ।

शाह २०७२ सालमा टिकापुरस्थित वीरेंद्र विद्यामन्दिरमा कक्षा ११ मा अध्ययनरत रहँदा अखिल (क्रान्तिकारी) मा संगठित भएका थिए। त्यसयता उनी लामो समयदेखि विद्यार्थी आन्दोलन तथा पार्टी संगठन निर्माणमा सक्रिय रहँदै आएका छन्। विद्यार्थी संगठन र पार्टी संगठनलाई मजबुत बनाउन उनले खेलेको भूमिकाका कारण पार्टीभित्र उनी एक प्रतिबद्ध, क्रियाशील तथा संगठनात्मक क्षमता भएका नेताका रूपमा परिचित छन्।

उनको सिफारिसले नेपाली कम्युनिस्ट पार्टी कैलाली क्षेत्र नं. १ मा पार्टी गतिविधि थप सशक्त र गतिशील हुने अपेक्षा गरिएको छ।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...