उज्यालो नेपाल पार्टीको कैलाली संयोजकमा छेदुलाल चौधरी नियुक्त

कैलाली । उज्यालो नेपाल पार्टीको कैलाली जिल्ला संयोजकको जिम्मेवारी छेदुलाल चौधरीलाई तोकिएको छ। नागरिक उन्मुक्ति पार्टीका संस्थापक प्रदेश सचिव रहँदै आएका चौधरीले गत पुष १ गते उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका थिए।

पार्टी प्रवेशको क्रममा उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुप कुमार उपाध्याय तथा पार्टीका संरक्षक कुलमान घिसिङले चौधरीलाई स्वागत गरेका थिए।

आज आयोजित कार्यक्रममार्फत पार्टीका केन्द्रीय सदस्यहरू प्रदीप चौधरी र मनोज जयगढीले उनलाई कैलाली जिल्ला संयोजकको जिम्मेवारी प्रदान गरेका हुन्। पार्टीले चौधरीको अनुभव, क्षमता र राजनीतिक योगदानलाई ध्यानमा राख्दै उक्त जिम्मेवारी दिएको जनाएको छ।

नव नियुक्त संयोजक चौधरीले पार्टीको नीति, सिद्धान्त र संगठन विस्तारमा सक्रिय भूमिका खेल्ने विश्वास पार्टी नेतृत्वले व्यक्त गरेको छ।


मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...