प्रचण्ड :चुनाव सार्न खोजिए देशमा दुर्घटना हुन्छ

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै पनि तर्क वा बाहानामा निर्वाचन सार्ने काम नगर्न सरकारलाई चेतावनी दिएका छन्। यदि निर्वाचन सारियो भने आफूहरू चुप नबस्ने उनले बताए।

काठमाडौंको भृकुटीमण्डपमा पार्टीको बागमती प्रदेश कमिटीले आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले चुनाव सार्ने प्रयास भए संविधान मिचिने दाबी गरे। देशलाई संकटबाट मुक्त गर्ने उद्देश्यले शक्ति एकीकृत गरिएको भन्दै उनले सहज ढंगले निर्वाचन सम्पन्न हुनुपर्नेमा जोड दिए।

सरकारलाई भन्न चाहन्छौँ—कुनै पनि तर्क र बाहानामा निर्वाचन सार्ने दुस्साहस नगर्नुहोस्,” उनले भने। यसअघि केही हदसम्म संविधान मिचिएको भए पनि देशको असहज अवस्थालाई ध्यानमा राख्दै अन्तरिम सरकार गठनमा सहयोग गरेको उनको भनाइ थियो।

तर अब फेरि निर्वाचनको मिति सार्ने वा धकेल्ने काम भए संविधान पुनः मिचिने र त्यस अवस्थामा आफूहरू मौन नबस्ने उनले चेतावनी दिए। ६ महिना वा एक वर्षसम्म निर्वाचन सार्ने हल्ला सुन्नमा आएको उल्लेख गर्दै उनले यस्तो कदमले देश फेरि दुर्घटनातर्फ जाने बताए।

“अबको दुर्घटनाको बेला नेपाली कम्युनिस्ट पार्टी रमिते भएर बस्ने छैन,” प्रचण्डले भने।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...