जोशीपुर बजार व्यवस्थापन समितिको नयाँ कार्यसमिति चयन

कैलालीको जोशीपुर बजार व्यवस्थापन समितिको ९ औं वार्षिक साधारण तथा तथा चौथो अधिवेशन सम्पन्न भएको छ। मंसिर २६ र २७ गते भएको अधिवेशनबाट योगेन्द्र बम अध्यक्ष पदमा सर्वसहमत निर्वाचित हुनु भएको छ। उपाध्यक्षमा सिद्धराज जोशी, सचिवमा सुधराम दहित, कोषाध्यक्षमा कविता कुमारी विष्ट, सह–सचिवमा राज कुमार चौधरी, सदस्यमा नरेश सुनार, राम बहादुर बडैला, जय प्रकाश बडायक, रविना कुमारी कठरिया, सविता भट्राई डंगौरा, ईस्लाम अलि जस्गड, धमेन्द्र साउँद, नवि हुसेन, मदन राज जोशी, राज कुमार चौधरी, चक्र बहादुर विष्ट सहित १६ जना सर्वसहमतबाट निर्वाचित भएका छन् । बजार व्यवस्थापन समितिको विधान अनुसार ३ जनालाई मनोनित गरि १९ सदस्यीय बोर्ड कमिटी हुने छ ।

जोशीपुर बजार व्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद डंगौराको सभापतित्व तथा जोशीपुर गाउँपालिका अध्यक्ष चित्र बहादुर चौधरीको प्रमुख आतिथ्यतामा भएको समुद्घाटन समारोहमा जोशीपुर बजारका पूर्व अध्यक्षहरु, जोशीपुर गा.वि.स.का पूर्व प्रधान तथा उप–प्रधान, सुरुवातीकाल देखि व्यापार गर्दै आएका व्यापारीहरुलाई दोसल्ला तथा सम्मान पत्रले सम्मान गरिएको थियो ।कार्यक्रममा शान्ती सुरक्षामा अहोरात्र खटिने जोशीपुर ईलाका प्रहरी कार्यालयका ईन्चार्ज चंख बहादुर कठायत, अस्थाई ट्राफिक प्रहरी पोष्ट जोशीपुरका ईन्चार्ज अमरसिंह राना र सामाजिक रुपान्तरणका लागि सदैव अग्रणीय भुमिका निर्वाह गर्ने जोशीपुर जेसीजलाई समेत सम्मान गरिएको थियो ।अधिवेशनको निर्वाचन आयुक्त संयोजकमा लिलाराम ओली रहनु भएको थियो भने सदस्यमा श्यामदेव कुश्मी र काशीराम विश्वकर्मा रहनु भएको थियो ।

बोलीले विवादमा प्रधानमन्त्री बालेन, क्षमा माग्न या राजीनामा दिन दबाब,

प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले आइतबार संसदमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा नेपालले पनि भारतीय सीमा मिचेको भन्दै...

“विवाद होइन, अब गुणस्तरीय स्वास्थ्य सेवामा केन्द्रित हुनुपर्छ” — मुख्यमन्त्री कमलबहादुर शाह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको लम्कीचुहामा प्रादेशिक अस्पताल उद्घाटन गर्दै अब सबै पक्ष विवादभन्दा...