डा. मिश्र सम्मानित

कैलाली उद्योग वाणिज्य संघ, धनगढीले आयोजना गरेको सुदूरपश्चिम महोत्सव–२०८२ को अवसरमा सेती प्रादेशिक अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा. प्रदिप मिश्रलाई विशेष सम्मान गरिएको छ।

सुदूरपश्चिम प्रदेशको स्वास्थ्य क्षेत्रमा लामो समयदेखि पुर्‍याउँदै आउनुभएको दीर्घकालीन योगदान, विशेष गरी विपन्न तथा आर्थिक रूपले कमजोर परिवारका बालबालिकाहरूको उपचारमा देखाउनुभएको अतुलनीय समर्पण र समाजसेवाप्रतिको निःस्वार्थ भावनालाई कदर गर्दै उहाँलाई यो सम्मान प्रदान गरिएको हो।

डा. मिश्र विगत लामो समय देखि सेती प्रादेशिक अस्पतालमा कार्यरत हुनुहुन्छ र यहाँका गरिब तथा असहाय बालबालिकाहरूको निःशुल्क तथा गुणस्तरीय उपचारमा उहाँको योगदान सदैव प्रशंसनीय रहँदै आएको छ।

डा. प्रदिप मिश्रलाई  स्वास्थ्य सेवाको क्षेत्रमा आगामी दिनमा पनि अँझै ठूलो सफलता, प्रेरणादायी नेतृत्व र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरिएको छ।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...