विद्यालयको अध्यक्षमा युवा सुरेन्द्र जोशी

कैलालीको भजनी नगरपालिका–१ मा अवस्थित महुन्याल नमूना माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सुरेन्द्र प्रसाद जोशी सर्वसम्मत रूपमा चयन भएका छन्।

झण्डै दुई वर्षदेखि पटक–पटक समिति गठन गर्ने प्रयास भइरहे पनि विवाद उत्पन्न भएकाले प्रक्रिया वडाको रोहवरमा रोकिएको थियो। दीर्घ प्रयासपछि अन्ततः शुक्रबार सहमतिका आधारमा जोशीलाई अध्यक्षको जिम्मेवारी दिने निर्णय भएपछि उनी अध्यक्षमा चयन भएको विद्यालयका प्रधानाध्यापक विद्या प्रसाद भट्टले जानकारी दिए।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...