हाेटलमा खाना खाइरहेका युवकमाथि चक्कु प्रहार कैलालीमा

कैलालीको गोदावरी नगरपालिकाको अतरियामा चक्कु प्रहारबाट एक युवक घाइते भएका छन्।

आइतवार राति गाेदावरी नगरपालिका-४ मा रहेकाे शुभम हाेटलमा खाना खाइरहेका बेला डडेल्धुराकाे नवदुर्गा गाउँपालिका-२ का ३२ वर्षीय गाैरव ऐरमाथि चक्कु प्रहार भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहलका अनुसार गौरवले हाेटलमा खाना खाइरहेका बेला ४/५ जनाकाे समूहमा प्रवेश गरेकाे एक समूहले उनीमाथि चक्कु प्रहार गरेकाे बताए।

कैलाली प्रहरी प्रवक्ता सिंहका अनुसार घाइते अवस्थाका ऐरलाई थप उपचारका लागि भारत पठाइएको छ। 

चक्कु प्रहार गर्नेहरूको पहिचान खुलिसकेकाले खाेजी भइरहेको प्रहरीले जनाएकाे छ।

बोलीले विवादमा प्रधानमन्त्री बालेन, क्षमा माग्न या राजीनामा दिन दबाब,

प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले आइतबार संसदमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा नेपालले पनि भारतीय सीमा मिचेको भन्दै...

“विवाद होइन, अब गुणस्तरीय स्वास्थ्य सेवामा केन्द्रित हुनुपर्छ” — मुख्यमन्त्री कमलबहादुर शाह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको लम्कीचुहामा प्रादेशिक अस्पताल उद्घाटन गर्दै अब सबै पक्ष विवादभन्दा...