भजनीमा ईलाका प्रशासन स्थापनासम्बन्धी कैलारी गाउँपालिकाको ध्यानाकर्षण

भजनी नगरपालिकाले इलाका प्रशासन कार्यालय भजनीमा स्थापना गर्न नेपाल सरकार गृह मन्त्रालयमार्फत गरेको अनुरोधप्रति कैलारी गाउँपालिकाले पत्रचार गर्दै ध्यानाकर्षण गराएको छ।

भजनी नगरपालिकाको चलानी नम्बर २७०, मिति २०८२ भदौ १३ गतेको पत्रअनुसार भजनी नगरपालिका, जोशीपुर गाउँपालिका र कैलारी गाउँपालिकाका नागरिकलाई सेवा प्रवाह सहज बनाउन ईलाका प्रशासन कार्यालय भजनीमा स्थापना गर्न पहल गरिएको हो।

कैलारी गाउँपालिकाले यस प्रस्तावप्रति सकारात्मक धारणा व्यक्त गर्दै भनेको छ कि नागरिकलाई सहज र प्रभावकारी सेवा प्रवाह हुनु आवश्यक छ। तर गाउँपालिकाले स्पष्ट पारेको छ कि कैलारीका नागरिकहरूका लागि हालको अवस्थामा सेवा, पहुँच, र प्रशासनिक सुविधाको दृष्टिले जिल्ला प्रशासन कार्यालय धनगढी नै सबैभन्दा उपयुक्त स्थान हो।

गाउँपालिकाले नेपाल सरकार र सम्बन्धित सरोकारवालाहरूलाई नागरिकको हित र समग्र सेवा प्रवाहको सन्तुलनमा ध्यान दिन आग्रह गरेको छ।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...