सू प बि र के यू यूथ म्यापर  बीच दुई पक्षीय सम्झौता

सन्जय महर

नक्सांकन र समुदाय–आधारित अनुसन्धान क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले Farwestern University YouthMappers Nepal र Kathmandu University (KU) YouthMappers बीच आज दुई पक्षीय सम्झौता पत्र (Memorandum of Understanding – MOU) मा हस्ताक्षर भएको छ

सम्झौता कार्यक्रम काठमाडौं विश्वविद्यालय, धुलिखेलमा सम्पन्न भएको हो। सम्झौतामा Farwestern University YouthMappers Nepal का अध्यक्ष किरण भट्ट र KU YouthMappers की अध्यक्ष प्रतिभा थापाले हस्ताक्षर गरेका छन्।

यस दुई पक्षीय सम्झौता अन्तर्गत दुवै संस्थाले संयुक्त नक्सांकन गतिविधि, ज्ञान तथा सीप आदान–प्रदान, क्षमता अभिवृद्धि लगायतका कार्यहरूलाई प्राथमिकतामा राख्नेछन्। यसलाई भविष्यमा विद्यार्थी तथा युवामाझ खुला नक्सांकन (open mapping) प्रवर्द्धन गर्ने महत्वपूर्ण कदमका रूपमा लिइएको छ।

विशेषज्ञहरूले यस सहकार्यलाई नक्सांकन क्षेत्रमा चासो राख्ने विद्यार्थीहरूका लागि ठूलो अवसर र उपलब्धिको रूपमा मूल्याङ्कन गरेका छन्। साथै, यसले समुदाय–आधारित पहलमार्फत दीगो प्रभाव सिर्जना गर्ने विश्वास व्यक्त गरिएको छ।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...