जोशीपुरमा एक  युवक मृत अवस्थामा फेला

कैलाली जिल्लाको जोशीपुर गाउँपालिका –२ स्थित जनप्रकाश माध्यमिक विद्यालयको गेट अगाडि सोमबार

oplus_0

दिउँसो करिब १ बजे सोही गाउँपालिका ५ बसोबास गर्ने वर्ष ३५ का अजय चौधरीको शव फेला परेको हो। उनी छेदुलाल चौधरीका छोरा हुन्।

शव भेटिएपछि घटनाबारे स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए। प्रारम्भिक जानकारी अनुसार मृतक चौधरी विद्यालय अगाडि मृत  अवस्थामा भेटिएका थिए। घटनाको कारण हालसम्म स्पष्ट भइसकेको छैन।

मृतकको शव पोस्टमार्टमको लागि भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको छ।

प्रहरी प्रशासनले घटनाबारे थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...