सू प बि द्वारा मानवतावादी राजा जय पृथ्वीबहादुर सिंहको स्मृति दिवस सम्पन्न

सन्जय सिंह महर

सू प विश्वविद्यालयले मानवतावादी राजा जय पृथ्वीबहादुर सिंहको १४९ औ जन्मजयन्तीको उपलक्ष्यमा आज विचार गोष्ठी कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रममा बिभीन्न पार्टीका प्रतिनिधिहरु , सू प बि का कर्मचारीहरु तथा बिधार्थिहरूको सहभागिता रहेको थियो । प्रमुख अतिथिको रूपमा सू प का भी सि हेमराज पंत र कार्यक्रमको सभापतिको रूपमा डा.हरिस चन्द्र भट्ट रहेका थिए ।

कार्यक्रममा मानबीकी संकायका पूर्ब डीन डा. मुकुन्द बल्लब कलौनीले मानवतावादी राजा जय पृथ्वी बहादुर सिहको बारेमा विस्तृत जानकारी दिनु भयो ।

भद्र व्यक्तित्व सामाजिक एवम् राजनीतिक कर्मी लामाे समयसम्म राजपरिवारसँगकाे निकट चन्द्र बहादुर सिह का अनुसार जय पृथ्वी बहादुर सिहले आधुनिक शिक्षाको सुरुवात गर्दै नेपालमा पहिलोपटक विद्यालय स्थापना, पुस्तक लेखन र प्रकाशन, पुस्तकालय सञ्चालन, तथा शैक्षिक अवसरमा समान पहुँच सुनिश्चित गर्ने काम गर्नु भयो। उहाँले लेख्नुभएको “गुरु पुस्तक”, “जयपृथ्वी भाषण” लगायतका कृतिहरू आज पनि समाज रूपान्तरणका मार्गदर्शक बनेका छन्।

त्यसैगरी जातीय विभेद, लैंगिक असमानता, छुवाछुत र अन्धविश्वासजस्ता सामाजिक कुरीतिहरूविरुद्ध आवाज उठाउँदै उहाँले समानता र मानवताको पक्षमा उदाहरणीय पहल गर्नु भयो। उहाँले “शिक्षा बिना उन्नति छैन” भन्ने नारालाई व्यवहारमा उतार्दै राजालाई नभई जनतालाई केन्द्रमा राखेर शासन गर्ने परम्पराको सुरुवात गर्नुभयो।

कार्यक्रममा सहभागी वक्ताहरूले जयपृथ्वीबहादुर सिंहको योगदानलाई शैक्षिक पाठ्यक्रममा समावेश गर्नुपर्ने, उहाँका विचारलाई अनुसन्धान र संवादका माध्यमबाट जीवन्त राख्नुपर्ने, साथै सामाजिक रूपान्तरणमा उहाँको दृष्टिकोणलाई वर्तमान सन्दर्भमा पुनः मूल्याङ्कन गर्नुपर्नेमा जोड दिएका थिए।

कार्यक्रमले नयाँ पुस्तालाई देशभक्ति, सेवाभाव र सामाजिक उत्तरदायित्वप्रति प्रेरित गर्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...