टीकापुरस्थित इलाका प्रहरी कार्यालय नजिकै दुर्घटनामा एकको मृत्यु

भोज बिनाडि

टीकापुरस्थित इलाका प्रहरी कार्यालय नजिकै मंगलवार (आज) बिहान भएको दुर्घटनामा मृत्यु हुनेको सनाखत भएको छ ।

इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी नविन राजा बुढाथोकीका अनुसार मृत्यु हुनेमा टीकापुर नगरपालिका वडा नम्बर ६ मिलनपुर शिविरका ४५ वर्षका अतवारी चौधरी रहेका छन ।

साइकलमा सवार रहेका चौधरीलाई बिहान ९ बजे टीकापुर बसपार्कबाट लम्कीतर्फ गैरहेको सुप प्र ०१–००१–ख ३५८३ नम्बरको बसले ठक्कर दिएको थियो । बसको ठक्करबाट घाईते भएका चौधरीको उपचारको क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मृतक चौधरी काठको काम गर्ने मिस्त्री रहेको बताईएको छ । उनी घरबाट काठको काम गर्ने भन्दै आएका थिए । उनले साइकलको पछाडी खाना समेत बोकेर आएको प्रहरीले बताएको छ ।

सोही घटनामा घाईते भएका मोटरसाइकल चालक २५ वर्षका राजु चौधरीलाई टीकापुर अस्पतालले थप उपचारका लागि नेपालगञ्ज रिफर गरेको छ । प्रहरीका अनुसार बसले साइकल यात्रीलाई ठक्कर दिएपछि गुडिरहेको सुप प्र ०१–१२–प १८६९ नम्बरको मोटरसाइकललाई समेत ठक्कर दिएको थियो ।

प्रहरीले बस र चालकलाई नियन्त्रणमा लगेको छ ।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...