प्रचण्ड सरकारले सुशासन दियो, ओली सरकारले भ्रष्टाचारी बचायो नारायणकाजी श्रेष्ठ

सञ्जय महर

नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अहिलेको सरकार भ्रष्टाचारीको सरक्षण गर्ने उदेश्यले निर्माण भएको बताएका छन । सोमबार महेन्द्रनगरमा प्रेस सेन्टर नेपाल कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा माओवादी बरिष्ठ उपाध्यक्ष श्रेष्ठले अहिलेको सरकार भ्रष्टाचारीको सरक्षण गर्ने उदेश्यले निर्माण भएको बताएका हुन ।

पुर्व उपप्रधान गृहएव परराष्ट्रमन्त्री समेत रहेका माओवादी नेता श्रेष्ठले अधिल्लो सरकारले सुशासनदेखि भ्रष्टाचारी तह लगाउन थालेपछि त्यस बिरुद्धमा एमाले, काँग्रेस नेतृत्वको सरकार निर्माण भएको बताए । उनले प्रचण्ड नेतृत्वको सरकारले सुशासन, भ्रष्टाचारीमाथि डण्डा बजाउने काम गरेको र ओली सरकार आफ्ना भ्रष्टाचारी जोगाउन केन्द्रीत भएको दावि गरेका छन ।

‘हाम्रो पाटीका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) नेतृत्वको सरकारले जनतालाई विकास र सुशासन दिन खोज्दा सरकार नै ढालियो, ‘उनले भने, ‘यो सरकारको पर्याबाजी भ्रष्टाचार, छलछाम, कपट हो, यो सरकार जति रहन्छ, देशमा त्यति यथास्थिति रहन्छ ।’

यथास्थितिलाई परास्थ पार्नु आजको आवश्यकता भएकाले सबै बामपन्थी शक्तिहरु एकजुट हुनुको विकल्प नभएको बताए । उनले नेकपा विप्लव, समाजवादी, जसपा सहितका शक्तिहरुविच नेकपा देखि समाजवादी मोर्चा, ब्यूँताउने छलफल चलिरहेको बताए । ‘संविधानको रक्ष ागर्न देशलाई प्रतिगमनको खतराबाट बचाउनु छ, ‘श्रेष्ठले भने, ‘अहिलेको मुल राष्ट्रिय कार्यभार समाजिक आर्थिक रुपान्तरण हो,

यसका  लागि  सुशासनको विकल्प छैन ।’ मंगलबार नेकपा माओवादी केन्द्र भीमदत्त नगरको अधिवेशन उद्घाटनका लागि कञ्चनपुर पुगेका पुर्व उपप्रधानमन्त्री श्रेष्ठले दोधाराचाँदनीमा बन्ने सुक्का बन्दरगाह स्थलको अनुगमन पनि गरेका छन ।

अनुुगमनका क्रममा माओवादी सरकारकै परिकल्पना अनुरुप पश्चिम नेपालबाट देशको विकास अघि बढाउने योजना, पाटी सरकारको नेतृत्वमा नहुँदा ओझेलमा पर्दै आएको बताए । उनले उक्त योजनालाई समेत अघि बढाउँदै देशको दीगो विकासका जोड्नुपर्ने बताए । प्रमुख प्रतिपक्षीय दल नेकपा माओवादी केन्द्रका बरिष्ठ नेता श्रेष्ठ धनगढी विमानस्थलदेखि सिधै हुलाकी राजमार्ग पुनर्वास, बेलौरी, बेलडाँडी दक्षिणी क्षेत्र हुँदै महेन्द्रनगर आउन लागेको बताए । ‘दक्षिणी क्षेत्रका जनता, नेता कार्यकर्ताहरुसंग भेटघाट गरेर महेन्द्रनगर आउनेछन, ‘उनले भने, ‘भोलीपल्ट मंगलबार नर बहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको कार्यालयदेखि भीमदत्त नगर पाटीको नगर सम्मेलन उद्घाटन  गर्ने कार्यक्रम छ ।’

भजनी नगरपालिकामा शिक्षक सरुवा प्रक्रिया सुरु, ३ वर्ष पुगेकालाई अनिवार्य आवेदन

भजनी नगरपालिकाले विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षक तथा बाल विकास सहजकर्ताको व्यवस्थापन गर्न सरुवा तथा...

संस्थागत विद्यालयमा कडा निर्देशन : भर्ना शुल्क बन्द, ३ वर्ष पाठ्यपुस्तक यथावत्

कैलालीको जोशीपुर गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका संस्थागत विद्यालयहरूलाई सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको मिति...

डा. प्रदिप मिश्र सम्मानित

धनगढीको क्याम्पसरोडस्थित सुभारम्भ मन्टेस्वरी स्कुल ले आफ्नो छैटौं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।...

जोशीपुर गाउँपालिकामा विद्यालय केन्द्रित एचपिभी खोप अभियानबारे सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

कैलालीको जोशीपुर गाउँपालिकामा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाभित्र विद्यालय केन्द्रित एच.पि.भि. (HPV) खोप अभियान...

जोशीपुर गाउँपालिकामा शिक्षा नियमावली बिना शिक्षक आन्तरिक सरुवा

“कार्यपालिकाको निर्णय बेगर गाउँपालिका अध्यक्षको हस्ताक्षरमा शिक्षक सरुवा गरिएको छ।” कैलालीको जोशीपुर गाउँपालिकाले अहिलेसम्म स्थानीय...

नागरिक उन्मुक्ति पार्टी फुटसँगै कैलाली क्षेत्र नं. १ मा एउटै पार्टीका पुराना नेताले चार फरक दलबाट पाए टिकट

नागरिक उन्मुक्ति पार्टी (नाउपा) विभाजनसँगै कैलाली निर्वाचन क्षेत्र नं. १ मा रोचक राजनीतिक अवस्था देखिएको...