सुदूरपश्चिम सरकारद्वारा अट्वारी पर्वको बिदा संशोधन

सुदूरपश्चिम प्रदेश सरकारले २०८२ सालको अट्वारी पर्वको सार्वजनिक बिदा संशोधन गरेको छ।

सोमवार बसेको मन्त्रीपरिषद्को बैठकले अट्वारीको अवसरमा भदौ ८ गते सार्वजनिक बिदा दिनेगरी बिदा संशोधन गरेको हो। यसअघि, सो पर्वको अवसरमा साउन २५ गते सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा दिइएको थियो। 

थारु समुदायको अट्वारी पर्व यस वर्ष भदौ ८ गते परेकाले बिदा संशोधन गरिएको छ। यस्तै, प्रदेश सरकारले असोजमा आयोजना गर्ने भनिएको प्रदेश लगानी तथा विकास सम्मेलनको मिति सारेको छ। कार्यकारी समितिले गरेको निर्णय प्रस्तावअनुसार मन्त्रीपरिषद्ले लगानी तथा विकास सम्मेलन मंसिर १ र २ गते आयोजना गर्ने निर्णय गरेको छ। 

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...