प्रेम बिवाह बन्यो समझनाको लागि घाटीको पासो , पिडा सहन नसकेर गरिन आत्महत्या

संजय महर

महेन्द्रनगर । बेलडाँडी गाउँपालिका २ सिहपाल टोलकी १७ वर्षिय सम्झना भट्ट आइतबार घरमै झुण्डिएको अवस्था फेला परिन् । भीमदत्त नगरपालिका ६ ऐंठपुर माइती घर भएकी उनको गत फागुनमा बेलडाँडीका २४ वर्षिय पवन भट्टसित विवाह भएको थियो ।

उनीहरु दुबै विद्यार्थी हुन् । सम्झना विज्ञान विषय लिएर कक्षा १२ मा पढ्दै थिइन् । उनका श्रीमान बीबीए आठांै सेमेस्टरका विद्यार्थी हुन् ।

विवाहपछि उनीहरु दुबैबीच सम्बन्धमा खटपट भएर मिलापत्रका लागि प्रहरीसम्म पुग्यो । आइतबार सम्झनाको शव भेटिन अघि उनीहरुबीच इलाका प्रहरी कार्यालय बेलडाँडीमा छलफल गरिएको थियो ।

प्रहरी कार्यालयमा छलफलपछि दुबै जना घर फर्किए । प्रहरीमा मिलापत्रपछि घर फर्किएकी सम्झना अर्को दिन झुण्डिएको अवस्थामा भेटिइन् । प्रहरीका अनुसार उनीहरु दुबैलाई सम्झाई बुझाई गरी घर पठाइएको थियो ।

मृतक सम्झनाले आइतबार आफन्तलाई श्रीमानले निरन्तर दुःख दिएको आफू बाँच्न नसक्ने आशयको सन्देश पठाएकी थिइन् । उनका आफन्तका अनुसार उनले अब बाँच्न सक्दिन भन्ने सन्देश पठाएकी थिइन् ।

सम्झनाले सन्देश पठाएपछि उनकी आमा बेल्डाँडी हिँडेको र उनले बिच बाटोमै उनले आत्महत्या गरेको जानकारी पाएको आफन्तले बताए ।

प्रहरीका अनुसार झुण्डिनु अघि उनले आफन्तसँग भिडियो कल समेत गरेकी छन् । प्रहरीले अहिले उनका श्रीमान पवनलाई पक्राउ गरी अनुसन्धान गरि रहेको छ ।

सम्झनाका आफन्तक अनुसार उनको शरिरमा निलडाम र घाउ देखिएका छन् । आफन्तले श्रीमानको यातना सहन नसकेर आत्महत्या गरेको आशंका गरेका छन् ।

सम्झनाका बुवा भोजराज भट्टले छोरीको न्यायका लागि आश गरिएको बताए । “उमेरले सानी छोरीलाई माया गर्ने र बचाउने बेला थियो, सबैले पीडा दिए। हामी अब न्यायको पर्खाइमा छौं,” उनले भने ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले  सोधपुछका लागि उनका श्रीमान भट्टलाई नियन्त्रणमा लिइएको बताए ।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...