कञ्चनपुरमा एक युवती मृत फेला

कञ्चनपुरमा एक युवती मृत फेला परेकी छिन्।

आइतवार बेलडाँडी गाउँपालिका–२ सिहपाल टोलका सम्झना भट्ट मृत फेला परेकी हुन्। सम्झनालाई घरमा कुटपिट हुने गरेको र शरीरमा घाउ चोट समेत देखिएकाले उनका श्रीमान पवन भट्टलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। सोधपुछका लागि पनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए। 

पवनले छोरीलाई पटकपटक मानसिक तनाव र शारीरिक यातना समेत दिँदै आएको सम्झनाका बुवा भोजराज भट्टले बताए। सम्झनाको शङ्कास्पद मृत्यु भएकाले निष्पक्ष छानबिन गरी दोषीउपर कारबाहीको माग गरिएको छ  

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...