शैलेश्वरी गणको २२औँ स्थापना दिवस भव्य रूपमा सम्पन्न

सुदूरपश्चिम प्रदेशका सशस्त्र प्रहरी प्रमुख (डिआईजी) प्रदिप पालले सीमावर्ती क्षेत्रमा हुने अबाञ्चित गतिबिधी नियन्त्रण गर्न मातहतका निकायलाई निर्देशन दिएका छन ।

आइतबार कञ्चनपुर झलारीमा रहेको सशस्त्र प्रहरी नम्बर ३५ शैलेश्वरी गणको २२औँ स्थापना दिवस कार्यक्रम सम्बोधन गर्दै डिआईजी पालले सीमावर्ती क्षेत्रमा हुने अबाञ्चित गतिबिधी नियन्त्रण गर्न मातहतका निकायलाई निर्देशन दिएका हुन । पालले राज्यले सशस्त्र प्रहरीलाई दिएको सीमा सुुरक्षा, राजस्व चोरीछलीजन्य अपराध नियन्त्रणका लागि २४सै घण्टा खटिएर कामकाजमा खटिएको बताउँदै आगामी दिनमा समेत निरन्तर सीमादेखि जनताको जिउधनको सुरक्षामा खटिने बताए ।

‘यो शैलेश्वरी गणले सीमावर्ती क्षेत्रबाट हुने गैर कानुनी भन्सार चोरीछलीका १२करोडका समान बरामद गरेको थियो, ‘उनले भने, ‘यसरी नै सशस्त्र प्रहरीले निरन्तर काम गर्छ ।’ सीमा सुरक्षा, चोरी तस्करी नियन्त्रणका साथै विपद व्यवस्थापनका क्षेत्रमा समेत कामकाज गरिरहेको भन्दै उनले सुदूरपश्चिमको सीमा सुुरक्षाका लागि सशस्त्र प्रहरी अहोरात्र खटिएको बताए ।

सशस्त्र प्रहरी नम्बर ३५ शैलेश्वरी गणका गणपती सशस्त्र प्रहरी उपरीक्षक लोकेन्द्र भट्टले उपलब्ध स्रोत साधन प्रयोग गर्दै जिल्लाको सीमा सुुरक्षा, राजस्व चोरीछली बिरुद्धमा निरन्तर खटिएको बताए । एसपी भट्टले कञ्चनपुरमा सशस्त्र प्रहरीले नियमित कामकाजका साथै समाजिक कामकाज समेत गरिहेको बताए ।

सशस्त्र प्रहरी नम्बर ३५ शैलेश्वरी गणका सशस्त्र प्रहरी नायब उपरीक्षक(डिएसपी) शंकर धामीले बार्षिकोत्सव कार्यक्रममा उत्कृष्ट सशस्त्र प्रहरी, पुर्व सशस्त्र प्रहरीलाई सम्मान गरिएको बताए । साथै आन्तरिक विद्यातर्फ उत्कृष्ट खेलाडीलाई समेत सम्मान पुरस्कार प्रदान गरिएको छ । कार्यक्रममा सुदूरपश्चिमको लोक सस्कृति झल्किने नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा जिल्लाका विभिन्न सरकारी गैर सरकारी कार्यालयका प्रमुख, समाजसेवी सहितको उपस्थिति रहेको थियो ।

भजनी नगरपालिकामा शिक्षक सरुवा प्रक्रिया सुरु, ३ वर्ष पुगेकालाई अनिवार्य आवेदन

भजनी नगरपालिकाले विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षक तथा बाल विकास सहजकर्ताको व्यवस्थापन गर्न सरुवा तथा...

संस्थागत विद्यालयमा कडा निर्देशन : भर्ना शुल्क बन्द, ३ वर्ष पाठ्यपुस्तक यथावत्

कैलालीको जोशीपुर गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका संस्थागत विद्यालयहरूलाई सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको मिति...

डा. प्रदिप मिश्र सम्मानित

धनगढीको क्याम्पसरोडस्थित सुभारम्भ मन्टेस्वरी स्कुल ले आफ्नो छैटौं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।...

जोशीपुर गाउँपालिकामा विद्यालय केन्द्रित एचपिभी खोप अभियानबारे सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

कैलालीको जोशीपुर गाउँपालिकामा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाभित्र विद्यालय केन्द्रित एच.पि.भि. (HPV) खोप अभियान...

जोशीपुर गाउँपालिकामा शिक्षा नियमावली बिना शिक्षक आन्तरिक सरुवा

“कार्यपालिकाको निर्णय बेगर गाउँपालिका अध्यक्षको हस्ताक्षरमा शिक्षक सरुवा गरिएको छ।” कैलालीको जोशीपुर गाउँपालिकाले अहिलेसम्म स्थानीय...

नागरिक उन्मुक्ति पार्टी फुटसँगै कैलाली क्षेत्र नं. १ मा एउटै पार्टीका पुराना नेताले चार फरक दलबाट पाए टिकट

नागरिक उन्मुक्ति पार्टी (नाउपा) विभाजनसँगै कैलाली निर्वाचन क्षेत्र नं. १ मा रोचक राजनीतिक अवस्था देखिएको...