महिना नपुग्दै कालोपत्रे गरेको सडक भत्कियो: स्थानीय जनता आक्रोशित

सञ्जय महर

कञ्चनपुर — कृष्णपुर नगरपालिका–९ को मोहनापुल–राजघाट खण्डको कालोपत्रे सडक निर्माण सम्पन्न भएको एक महिनामै सडक भत्किन थालेको छ। हालैको वर्षासँगै सडकको कालोपत्रे च्यातिएको, माटो धसिएको र पानीको उचित निकास नभएको स्थानीयवासीहरूको गुनासो छ।

सडकको निर्माण कार्य ममता कन्स्ट्रक्सनले गरेको थियो। कम्पनीका सञ्चालकले सडकको उचाइ ६ मिटर रहेको तर दायाँबायाँ माटो भरान मात्र गरिएको स्वीकार गर्दै, “सडक विभागले संरक्षण गर्ने भनेको थियो, तर कार्यान्वयन भएको देखिँदैन,” भनेका छन्।

स्थानीयवासी भन्छन् —कालोपत्रे भयो तर संरक्षण छैन। पहिलोपटक वर्षा हुनासाथ सडक धसिनु र पिच फूट्नु भनेको लापरबाहीको परिणाम हो।

वर्षा संगै देखिएको समस्यापछि सडक डिभिजन कार्यालयका इन्जिनियरको टोली महेन्द्रनगरबाट खटाइएको थियो। निरीक्षणपश्चात् ठेकेदार, इन्जिनियर, स्थानीय र पत्रकारबीच छलफल भए पनि, त्यसपछि कुनै सुधार कार्य नभएको स्थानीयहरूको आरोप छ।

इन्जिनियरहरूले भने —सडकको संरक्षण जिम्मा मात्र सडक विभागको होइन, स्थानीय सरकार पनि उत्तरदायी छ। साझा जिम्मेवारीमा काम गर्नुपर्ने हो।”

तर बिजय ठगुन्ना (ममता कन्स्ट्रक्सन), सडक डिभिजन कार्यालय, र स्थानीय सरकार सबै पक्षको लापरबाही, कमजोर अनुगमन र जिम्मेवारीको कमीले गर्दा सार्वजनिक संरचना जोखिममा परेको देखिएको छ।

जनताले भने — भत्किएको सडक, मौन सरोकारवाला! स्थानीयको आक्रोश अनुसार, अहिले नै हस्तक्षेप नगरिए सडक पूर्णरूपमा जिर्ण बन्नेछ। यस्तो अवस्थामा सस्तो लोकप्रियता देखाउने कामको चर्को आलोचना हुन थालेको छ।

भजनी नगरपालिकामा शिक्षक सरुवा प्रक्रिया सुरु, ३ वर्ष पुगेकालाई अनिवार्य आवेदन

भजनी नगरपालिकाले विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षक तथा बाल विकास सहजकर्ताको व्यवस्थापन गर्न सरुवा तथा...

संस्थागत विद्यालयमा कडा निर्देशन : भर्ना शुल्क बन्द, ३ वर्ष पाठ्यपुस्तक यथावत्

कैलालीको जोशीपुर गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका संस्थागत विद्यालयहरूलाई सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको मिति...

डा. प्रदिप मिश्र सम्मानित

धनगढीको क्याम्पसरोडस्थित सुभारम्भ मन्टेस्वरी स्कुल ले आफ्नो छैटौं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।...

जोशीपुर गाउँपालिकामा विद्यालय केन्द्रित एचपिभी खोप अभियानबारे सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

कैलालीको जोशीपुर गाउँपालिकामा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाभित्र विद्यालय केन्द्रित एच.पि.भि. (HPV) खोप अभियान...

जोशीपुर गाउँपालिकामा शिक्षा नियमावली बिना शिक्षक आन्तरिक सरुवा

“कार्यपालिकाको निर्णय बेगर गाउँपालिका अध्यक्षको हस्ताक्षरमा शिक्षक सरुवा गरिएको छ।” कैलालीको जोशीपुर गाउँपालिकाले अहिलेसम्म स्थानीय...

नागरिक उन्मुक्ति पार्टी फुटसँगै कैलाली क्षेत्र नं. १ मा एउटै पार्टीका पुराना नेताले चार फरक दलबाट पाए टिकट

नागरिक उन्मुक्ति पार्टी (नाउपा) विभाजनसँगै कैलाली निर्वाचन क्षेत्र नं. १ मा रोचक राजनीतिक अवस्था देखिएको...