सडक बिहिन जोशीपुरको एक बस्ती

कैलाली जोशीपुर गाउँपालिका वडा नम्बर ३ मा रहेकोे

भितरिया गाउँको दक्षिण टोल बर्षौ देखी बाटो बिहिन रहेकोे छ ।

२०६० साल भन्दा पहिला जोशीपुर भजनी जोडने निकै प्रचलित रहेको बाटो २०६१/ ६२ सालको काढा नदिको बाढीले गाउँनै बिस्तावित गरि बाटो समेत कटान गरिए पछि । अहिलेसम्म उक्त बाटो कुनै पनि सरकारले निकाल्न नसकेको अवस्था रहेको स्थानीय भिम सिहं डगौराले बताए  

३० घर धुरी रहेको टोलमा करिब १५० जनाको बसोबास रहेकोे छ । तर जोशीपुर गाउँपालिका अन्तर्गत रहेको उक्त बस्तीमा वडा कार्यालय जान ,गाउँपालिका जाननै छिमेकी भजनी नगरपालिका वडा नम्बर २ र  ६ को कटानपुर, माहादेवलि हुँदै जानुपर्ने बाध्यता रहेकोे छ उक्त गाउँका युवा समाजसेवि राहुल बुढा बताउँछन् ।

बिशेष गरि बर्खा याममा उक्त बस्तीको गाउँपालिका सँग कुनै सम्बन्ध नरहेको महसुस समेत हुने गरेको उक्त गाउँका स्थानीय जित बहादुर डगौराले बताए ।

अहिलेसम्म गाउँमा कुनै बिकासको योजना समेत न आएको , आफुहरु लाई सबैभन्दा बढी  समस्या भनेको त बर्खा याममा कोहि बिरामी हुँदा हुनेको गरेको स्थानीयको गुनासो रहेको छ ।

समग्रमा जोशिपुर गा.पा.कै सबैभन्दा विकट भितरिया गाउँमा बाटोघाटो , वन व्यावस्थापन संगै  नदि कटानि र बाढी  पिडित नै यस भितरिया गाउँको मुख्य समस्य हो ।अहिलेसम्म कुनै सरकारले यहाँका जनताका लागि कुनै पनि भावी योजनालाई प्राथमिकता दिएको पाइदैन । जनप्रतिनिधिले पहल गरि दिदैनन हामिले गरे प्रभाकारि रुपले हेर्दैनन फेरि सामुदायिक वनका अध्यक्ष युवा समाजसेवि राहुल बुढा ले भन्नु भो विकासका लागि सबैले हातेमालो गरे मात्रै समुन्नत समाज स्थापना गर्न सकिने उहाको भनाइ रहेको छ ।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...