Youth mappers को नयाँ कार्यसमिति लाई जिम्मेवारी हस्तान्तरण ।

सन्जय महर

सुदूरपश्चिम विश्वविद्यालय YouthMappers २०२५/०२६ मा नयाँ कार्यसमिति गठनसँगै पुरानो समितिको वार्षिक प्रगति विवरण प्रस्तुत तथा जिम्मेवारी हस्तान्तरण कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. हेमराज पन्त रहनुभएको थियो।

त्यस्तै, ईन्जिनियरिङ संकायका डिन प्रा. डा. किशनदत्त भट्ट विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

विश्वविद्यालयका विभिन्न संकाय तथा विभागका प्राध्यापकहरूको पनि उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालय YouthMappers का अध्यक्ष किरण भट्टले सभापतित्व गर्नुभएको थियो।

कार्यक्रममा निवर्तमान अध्यक्ष पूजा पालीले आफ्नो एक वर्षे कार्यकालमा क्लबले गरेका विविध क्रियाकलापहरूको प्रगति विवरण प्रस्तुत गर्नुभयो।

उपकुलपति डा. पन्तले YouthMappers Chapter ले विद्यार्थीलाई समुदायसँग जोड्ने सकारात्मक भूमिका खेलेको भन्दै खुसी व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा कार्य गर्न सुझाव दिनुभयो।

डीन डा. भट्टले पनि क्लबले विद्यार्थीको नेतृत्व, क्षमता तथा व्यक्तित्व विकासमा योगदान दिँदै आएको र नयाँ समितिले यसलाई थप सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा निवर्तमान समितिलाई प्रशंसा-पत्र वितरण गर्दै औपचारिक रूपमा नयाँ समितिमा जिम्मेवारी हस्तान्तरण गरिएको थियो।

अन्त्यमा, सभापति भट्ट ले नयाँ कार्यकालमा सुदूरपश्चिम विश्वविद्यालय YouthMappers लाई अझै सशक्त र सक्रिय बनाउँदै शैक्षिक वातावरणमा नवीन कार्यहरूको माध्यमबाट गरिमा थप उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रम समापन गर्नुभयो।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...