नाउपाले अध्यक्ष रञ्जिता श्रेष्ठलाई पदबाट हटायो, निर्वाचन आयोगमा जानकारी

नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई पदबाट हटाएको छ । अध्यक्षले विधानविपरीत कार्यवाहक अध्यक्ष तोकेको भन्दै पार्टीले उनलाई हटाउने निर्णय गरेको हो । उक्त निर्णयको जानकारी नाउपाले निर्वाचन आयोगलाई गराएको छ ।

पार्टीको अनुशासन समितिका संयोजक रामलाल डगौराको नेतृत्वमा श्रेष्ठलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिइएको थियो । तर तोकिएको समयभित्र उनले कुनै प्रतिक्रिया नदिएपछि पार्टीले उनलाई अध्यक्ष पदबाट हटाउने निर्णय गरेको हो ।

अनुशासन समितिको कारबाहीलाई पार्टीको मध्यबानेश्वरमा जारी राष्ट्रिय भेलाले अनुमोदन गर्ने बताइएको छ । अनुशासन समितिमा सुनिता चौधरी र पुण्य बुढा पनि सदस्य रहेका छन् ।

श्रेष्ठले पोखराको चर्चित लिचीबारी घुसकाण्डमा मुछिएपछि पोखराकै शिव बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको विषयमा पार्टीभित्र व्यापक असन्तोष पैदा भएको थियो

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...