सुदूरपश्चिम विश्वविद्यालय ‘यूथम्यापर्स’को अध्यक्षमा भट्ट चयन

सन्जय महर

सुदूरपश्चिम विश्वविद्यालयमा

‘यूथम्यापर्स’को नयाँ कार्यसमिति चयन गरिएको छ। यहि साउन ८ गते निवर्तमान समितिले प्रकाशन गरेको सूचना अनुसार किरण भट्टले उम्मेदवारी दिएका थिए । यहि साउन ११ मा लिइएको अन्तरवार्ताबाट भट्ट ‘यूथम्यापर्स’को २०२५/०२६ का लागि चयन भएका हुन्।

अध्यक्ष भट्टले आफ्नो कार्यकालमा सुदूरपश्चिम विश्वविद्यालय ‘यूथम्यापर्स’को गरिमालाई निरन्तरता दिदै ‘यूथम्यापर्स’लाई थप उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

यहि साउन ८ मा निवर्तमान समितिले प्रकाशन गरेको सूचना अनुसार आफ्नो उम्मेदवारी दिएर यहि साउन ११ मा लिइएको अन्तरवार्ताबाट उपाध्यक्षमा पुजा कार्की र प्रदीप नाथ, सचिवमा रवीन्द्र लेखक, सह–सचिवमा राहुल लेखक र खगेन्द्र प्रसाद जोशी, कोषाध्यक्षमा लक्ष्मी ओझा र सह-कोषाध्यक्षमा दिपेन्द्र श्रेष्ठ लगायत कार्यसमिति सदस्यहरु चयन भएका छन्।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...