कञ्चनपुरमा माओवादीका नेतहरूको बिचमा हानाहान

कञ्चनपुरमा माओवादी केन्द्रका नेताहरूको बिचमा हानाहान भएको छ। माओवादी केन्द्रको आन्तरिक बैठकमा हानाहान भएको हो।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रवक्ता सागर बोहराले भूवन विष्ट र रामचन्द्र भट्ट घाइते भएका बताएका छन्। भूवन विष्टको महाकाली प्रादेशिक कार्यालय, महेन्द्रनगर र रामचन्द्र भट्टको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ। भट्टको टाउकोमा सात वटा टाँका लागेका छन्।

कञ्चनपुर प्रहरीले माओवादी नेताहरूको बिचमा आन्तरिक विवादले झगडाको रूप लिएको बताएको छ। तर, प्रहरीले सामान्य विवाद भएको बताएको छ।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...