अनलाइन टिभी पत्रकार संघ सुदूरपश्चिमद्वारा गतिविधि तीव्र, बेलौरीमा अन्तरक्रिया सम्पन्न

अनलाइन टिभी पत्रकारितालाई जिम्मेवार र प्रभावकारी बनाउने उद्देश्यले स्थापित अनलाइन टिभी पत्रकार संघ नेपाल, सुदूरपश्चिम प्रदेश समितिले आफ्ना गतिविधिहरू तीव्र पारेको छ। यसै क्रममा संघले शनिबार बेलौरी नगरपालिकाको सभाहलमा मासिक बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

संघका सुदूरपश्चिम प्रदेश अध्यक्ष भक्त राज जोशीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा बेलौरी नगरपालिकाका कार्यवाहक नगर प्रमुख तथा उपप्रमुख जोगराम चौधरीको प्रमुख आतिथ्यता रहेको थियो

कार्यक्रममा बोल्दै बेलौरी नगरपालिकाका नगर उपप्रमुख जोगराम चौधरीले अनलाइन पत्रकारिताको महत्व र यसले समाजमा पुर्‍याउन सक्ने सकारात्मक प्रभावबारे प्रकाश पारेका थिए। उनले अनलाइन सञ्चारमाध्यमहरूले समाजलाई सूचना प्रवाहमा महत्वपूर्ण भूमिका खेल्ने भन्दै जिम्मेवार पत्रकारिताको आवश्यकतामा जोड दिए।

त्यस्तै, अनलाइन टिभी पत्रकार संघ नेपाल सुदूरपश्चिम प्रदेशका अध्यक्ष भक्त राज जोशीले अनलाइन पत्रकारिताका चुनौती र अवसरका बारेमा चर्चा गर्दै जिम्मेवार पत्रकारिताको आवश्यकतामा जोड दिएका थिए।

संघका महासचिव टिकाराम साउदले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष अंकित उप्रेतीले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रममा अनलाइन पत्रकारिताका अवसर र चुनौतीबारे गम्भीर छलफल भएको थियो।

कार्यक्रमपश्चात् संघले बेलौरी नगरपालिकामा रहेको प्रसिद्ध पर्यटकीय स्थल शोभातालको अवलोकन गरेको थियो। संघले शोभातालको प्रचारप्रसारमा सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको छ। साथै संघले सुदूरपश्चिम प्रदेशका सम्पूर्ण जिल्लाहरूमा जिल्ला समिति गठन प्रक्रिया भदौ महिनादेखि सुरु गर्ने निर्णय गरेको छ।

भजनी नगरपालिकामा शिक्षक सरुवा प्रक्रिया सुरु, ३ वर्ष पुगेकालाई अनिवार्य आवेदन

भजनी नगरपालिकाले विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षक तथा बाल विकास सहजकर्ताको व्यवस्थापन गर्न सरुवा तथा...

संस्थागत विद्यालयमा कडा निर्देशन : भर्ना शुल्क बन्द, ३ वर्ष पाठ्यपुस्तक यथावत्

कैलालीको जोशीपुर गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका संस्थागत विद्यालयहरूलाई सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको मिति...

डा. प्रदिप मिश्र सम्मानित

धनगढीको क्याम्पसरोडस्थित सुभारम्भ मन्टेस्वरी स्कुल ले आफ्नो छैटौं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।...

जोशीपुर गाउँपालिकामा विद्यालय केन्द्रित एचपिभी खोप अभियानबारे सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

कैलालीको जोशीपुर गाउँपालिकामा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाभित्र विद्यालय केन्द्रित एच.पि.भि. (HPV) खोप अभियान...

जोशीपुर गाउँपालिकामा शिक्षा नियमावली बिना शिक्षक आन्तरिक सरुवा

“कार्यपालिकाको निर्णय बेगर गाउँपालिका अध्यक्षको हस्ताक्षरमा शिक्षक सरुवा गरिएको छ।” कैलालीको जोशीपुर गाउँपालिकाले अहिलेसम्म स्थानीय...

नागरिक उन्मुक्ति पार्टी फुटसँगै कैलाली क्षेत्र नं. १ मा एउटै पार्टीका पुराना नेताले चार फरक दलबाट पाए टिकट

नागरिक उन्मुक्ति पार्टी (नाउपा) विभाजनसँगै कैलाली निर्वाचन क्षेत्र नं. १ मा रोचक राजनीतिक अवस्था देखिएको...