नेपाल तरुण दल दोधारा चाँदनीको समिति गठन,  नेतृत्वमा सन्दीप काजी बस्नेत

संजय सिह महर :कञ्चनपुर —  

नेपाल तरुण दल दोधारा चाँदनी नगरपालिकामा नयाँ नगर कार्यसमिति चयन गरिएको छ। बुधबार सम्पन्न अधिवेशनबाट सन्दीप काजी बस्नेतको अध्यक्षतामा १३ सदस्यीय नगर कार्यसमिति चयन गरिएको हो। जून संगठन नेपाली कांग्रेसको भातृ संगठन पनी हो ।

कार्यक्रममा नेपाल तरुण दलका कञ्चनपुर जिल्ला सभापति महेश चन्दको प्रमुख आतिथ्यता रहेको थियो। उनले नवगठित कार्यसमितिलाई बधाई दिँदै पार्टी र लोकतान्त्रिक मूल्य–मान्यताको पक्षमा एक ढिक्का भएर अघि बढ्न आग्रह गरे। “समय परे पार्टीको रक्षाका लागि मैदानमा ओर्लिनुपर्ने जिम्मेवारी अब नयाँ नेतृत्वको काँधमा आएको छ,

बस्नेतका अनुसार नव चयनित नगर अध्यक्ष बस्नेतले आफूलाई दिएको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाए। उनले संगठनलाई गाउँ–गाउँमा विस्तार गर्ने, युवालाई सक्रिय बनाउने र स्थानीय समस्याहरूमा तरुण दलको उपस्थितिलाई प्रभावकारी बनाउने लक्ष्य रहेको छ ।

कार्यक्रममा नेपाली कांग्रेसका स्थानीय नेता, युवाहरु, भातृ संघसंगठनका युवा प्रतिनिधिको उपस्थिति रहेको थियो। कार्यक्रमले स्थानीय युवामाझ राजनीतिक जागरण र संगठन निर्माणप्रतिको उत्साह थप बढाएको छ।

(नव-निर्वाचित) कार्यसमिति

सभापति: सन्दीप बस्नेत

कोषाध्यक्ष: हेमा धामी

सचिव: देवेन्द्र  सिंह भण्डारी

सह सचिव : संदीप सुनार

सदस्यहरू:

1. गौरव सिंह साउँद

2. दिपक दमाई

3. शिवा रावत

4.राजेन्द्र चन्द

5.जितेन्द्र ब. चन्द

6.दिपक थापा

7.राजेश पुजारा

नयाँ कार्यसमितिसँगै नेपाल तरुण दल दोधारा चाँदनीका नेतृत्वकर्ता बस्नेतले सक्रिय भएर काम गर्ने बताएका छन ।

भजनी नगरपालिकामा शिक्षक सरुवा प्रक्रिया सुरु, ३ वर्ष पुगेकालाई अनिवार्य आवेदन

भजनी नगरपालिकाले विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षक तथा बाल विकास सहजकर्ताको व्यवस्थापन गर्न सरुवा तथा...

संस्थागत विद्यालयमा कडा निर्देशन : भर्ना शुल्क बन्द, ३ वर्ष पाठ्यपुस्तक यथावत्

कैलालीको जोशीपुर गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका संस्थागत विद्यालयहरूलाई सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको मिति...

डा. प्रदिप मिश्र सम्मानित

धनगढीको क्याम्पसरोडस्थित सुभारम्भ मन्टेस्वरी स्कुल ले आफ्नो छैटौं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।...

जोशीपुर गाउँपालिकामा विद्यालय केन्द्रित एचपिभी खोप अभियानबारे सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

कैलालीको जोशीपुर गाउँपालिकामा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाभित्र विद्यालय केन्द्रित एच.पि.भि. (HPV) खोप अभियान...

जोशीपुर गाउँपालिकामा शिक्षा नियमावली बिना शिक्षक आन्तरिक सरुवा

“कार्यपालिकाको निर्णय बेगर गाउँपालिका अध्यक्षको हस्ताक्षरमा शिक्षक सरुवा गरिएको छ।” कैलालीको जोशीपुर गाउँपालिकाले अहिलेसम्म स्थानीय...

नागरिक उन्मुक्ति पार्टी फुटसँगै कैलाली क्षेत्र नं. १ मा एउटै पार्टीका पुराना नेताले चार फरक दलबाट पाए टिकट

नागरिक उन्मुक्ति पार्टी (नाउपा) विभाजनसँगै कैलाली निर्वाचन क्षेत्र नं. १ मा रोचक राजनीतिक अवस्था देखिएको...