लिङ्देनले राप्रपाका नेताहरूलाई पदमुक्त गरेपछि निर्वाचन आयोगले माग्यो जबाफ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाका नेताहरूलाई पदमुक्त गरेपछि निर्वाचन आयोगले यसबारे राप्रपासँग जबाफ माग गरेको छ।

अध्यक्ष लिङ्देनले अनुशासन समिति अध्यक्षबाट नवराज सुवेदी, प्रवक्ताबाट सगुनसुन्दर लावतीलाई असार २५ गते र उपाध्यक्ष तथा केन्द्रीय सदस्यबाट मुकुन्दश्याम गिरीलाई साउन २ गते पदमुक्त गरेका थिए।

उक्त उजुरी प्राप्त भएपछि आयोगले यसबारे के भएको हो जानकारी दिनू भनेर राप्रपासँग जबाफ माग गरेको छ।

निर्वाचन आयोगकी प्रवक्ता सीता पोखरेल अर्यालले राप्रपाका नेताहरूबाट निवेदन आएकोले त्यसउपर के भएको हो भनेर राप्रपासँग बुझ्न पत्र पठाइएको जानकारी दिइन्।

यसको जबाफ राप्रपाले आयोगमा पठाइसकेको छैन।

बोलीले विवादमा प्रधानमन्त्री बालेन, क्षमा माग्न या राजीनामा दिन दबाब,

प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले आइतबार संसदमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा नेपालले पनि भारतीय सीमा मिचेको भन्दै...

“विवाद होइन, अब गुणस्तरीय स्वास्थ्य सेवामा केन्द्रित हुनुपर्छ” — मुख्यमन्त्री कमलबहादुर शाह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको लम्कीचुहामा प्रादेशिक अस्पताल उद्घाटन गर्दै अब सबै पक्ष विवादभन्दा...