रुपन्देही-३ का लागि रास्वपाले गर्‍यो उम्मेदवारको आवेदन आह्वान

रास्वपाले रुपन्देही-३ का लागि उम्मेदवारको आवेदन आह्वान गरेको छ।

सोमबार पार्टीका सचिव भूमिनन्द बरालले सूचना जारी गर्दै रुपन्देही-३ मा कात्तिक १७ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारको आवेदन आह्वान गरेका हुन्। 

साउन ७ गतेदेखि २१ गतेसम्म पार्टीमा उम्मेदवारीको आवेदन दिन सकिन्छ भने उम्मेदवारको नामावली २२ गते प्रकाशन गर्नेछ।

यस्तै साउनको २३ र २४ गतेसम्म उम्मेदवार उपर दाबी र विरोध गर्न सक्ने छ। साउन २५ गते उम्मेदवारसँग छलफल हुने जनाइएको छ। 

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...