फरक क्षमता भएका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

कैलालीको जोशीपुर गाउँपालिका वडा नं १ मोहन्याल माध्यमिक विद्यालय बडहरियामा अखिल समाजवादी विप्लव निकट विद्यार्थी संगठन को आयोजना फरक क्षमता भएका विधार्थीहरु लाई शैक्षिक सामग्री वितरण गरिएको हो ।

जोशीपुर गाउँपालिका अन्तर्गत रहेका २३ वटा सामुदायिक विद्यालयका ७० जना फरक क्षमता भएका विधार्थीहरुलाई  शैक्षिक सामग्री वितरण गरिएको छ। अखिल समाजवादी का केन्द्रिय सचिवालय सदस्य लोकेश जोशीको बिशेष पहलमा शैक्षिक सामग्री वितरण गरिएको हो।

सामाग्री जोशीपुर गाउँपालिका अध्यक्ष चित्रबहादुर चौधरीको सहभागितामा वितरण गरिएको थियो भने कार्यक्रममा  अखिल समाजवादीका केन्द्रीय कोषाध्यक्ष तथा सुदूरपश्चिम इन्चार्ज बवरजंग सिंह, लगायत रघुनाथ आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक वसन्त महतौ, जनप्रकाश माध्यमिक विद्यालय का प्र अ सुरेश थारु, मुक्त कमैया प्राथमिक विद्यालयका प्र अ श्याम देव कुश्मी,  विभिन्न विधालयका प्र अ एवं शिक्षक प्रतिनिधि विधार्थी,लगायतको सहभागिता रहेको थियो ।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...