फरक क्षमता भएका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

कैलालीको जोशीपुर गाउँपालिका वडा नं १ मोहन्याल माध्यमिक विद्यालय बडहरियामा अखिल समाजवादी विप्लव निकट विद्यार्थी संगठन को आयोजना फरक क्षमता भएका विधार्थीहरु लाई शैक्षिक सामग्री वितरण गरिएको हो ।

जोशीपुर गाउँपालिका अन्तर्गत रहेका २३ वटा सामुदायिक विद्यालयका ७० जना फरक क्षमता भएका विधार्थीहरुलाई  शैक्षिक सामग्री वितरण गरिएको छ। अखिल समाजवादी का केन्द्रिय सचिवालय सदस्य लोकेश जोशीको बिशेष पहलमा शैक्षिक सामग्री वितरण गरिएको हो।

सामाग्री जोशीपुर गाउँपालिका अध्यक्ष चित्रबहादुर चौधरीको सहभागितामा वितरण गरिएको थियो भने कार्यक्रममा  अखिल समाजवादीका केन्द्रीय कोषाध्यक्ष तथा सुदूरपश्चिम इन्चार्ज बवरजंग सिंह, लगायत रघुनाथ आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक वसन्त महतौ, जनप्रकाश माध्यमिक विद्यालय का प्र अ सुरेश थारु, मुक्त कमैया प्राथमिक विद्यालयका प्र अ श्याम देव कुश्मी,  विभिन्न विधालयका प्र अ एवं शिक्षक प्रतिनिधि विधार्थी,लगायतको सहभागिता रहेको थियो ।

भजनी नगरपालिकामा शिक्षक सरुवा प्रक्रिया सुरु, ३ वर्ष पुगेकालाई अनिवार्य आवेदन

भजनी नगरपालिकाले विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षक तथा बाल विकास सहजकर्ताको व्यवस्थापन गर्न सरुवा तथा...

संस्थागत विद्यालयमा कडा निर्देशन : भर्ना शुल्क बन्द, ३ वर्ष पाठ्यपुस्तक यथावत्

कैलालीको जोशीपुर गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका संस्थागत विद्यालयहरूलाई सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको मिति...

डा. प्रदिप मिश्र सम्मानित

धनगढीको क्याम्पसरोडस्थित सुभारम्भ मन्टेस्वरी स्कुल ले आफ्नो छैटौं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।...

जोशीपुर गाउँपालिकामा विद्यालय केन्द्रित एचपिभी खोप अभियानबारे सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

कैलालीको जोशीपुर गाउँपालिकामा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाभित्र विद्यालय केन्द्रित एच.पि.भि. (HPV) खोप अभियान...

जोशीपुर गाउँपालिकामा शिक्षा नियमावली बिना शिक्षक आन्तरिक सरुवा

“कार्यपालिकाको निर्णय बेगर गाउँपालिका अध्यक्षको हस्ताक्षरमा शिक्षक सरुवा गरिएको छ।” कैलालीको जोशीपुर गाउँपालिकाले अहिलेसम्म स्थानीय...

नागरिक उन्मुक्ति पार्टी फुटसँगै कैलाली क्षेत्र नं. १ मा एउटै पार्टीका पुराना नेताले चार फरक दलबाट पाए टिकट

नागरिक उन्मुक्ति पार्टी (नाउपा) विभाजनसँगै कैलाली निर्वाचन क्षेत्र नं. १ मा रोचक राजनीतिक अवस्था देखिएको...