संजन्य सिह महर :
श्रावण महिनामा महेन्द्रनगरको खुल्लामंचमा मिनि मनोरञ्जन तथा सांस्कृतिक मेला लाग्ने भएको छ । उक्त मेलाको आयोजना सुदूरपश्चिम समाबेशी अपंगाता संघ र ब्यवत्थापक भावना एम्यूजमेंट प्रा लि ले गर्ने भएको रहेको छ भने संरक्षक भिमदत्त नगरपालिका छ । मेला सावन ८ गेते देखी २५ गते सम्म लाग्ने बताइएको छ ।मेलामा राष्ट्रीय तथा स्थानीय कलाकारको उपस्थिति रहने छ ।

मेलामा ज्योति मगर , चक्र बम, रचना रिमाल, खूमन अधिकारि का साथै थुप्रै कलाकारको आगमन हुने आयोजकले जानकारी दिएका छन । नेपालका चर्चित र्याफर जी बब पनी आउने आयोजकले जानकारी दिएका छन । मेला ११ बजे देखी बेलुका ५ बजे सम्म हुनेछ ।
