महुन्याल सामुदायिक वन द्वारा गरिब जेहेन्दार बिधार्थिलाइ पठनपाठन सामाग्री वितरण

कैलालीको भजनी नगरपालिका वडा नम्बर १ मा रहेकोे महुन्याल सामुदायिक बन उपभोक्ता समुह द्वारा २०८१/८२ को आमदानी बाट  गरिब जेहन्दार बिद्यार्थीलाई पठनपाठन  सामाग्री र खेलाडी हरुलाइ खेलकुद सामाग्री वितरण गरिएको छ ।

सामुदायिक वनको क्षेत्र अधिकार भित्र पर्ने वडा नम्बर १ र ३ भित्र रहेका सामुदायिक बिधालयका आधारभूत तहका एक बिधालय बाट ५ जाना गरि महुन्याल माध्यमिक बिधालय , केदार नाथ आधारभूत  बिधालय , बालबिधा आधारभूत बिधालय गरी १५ जना बिद्यार्थी लाइ सामाग्री वितरण गरिएको छ । त्यस्तै गरी भजनी कल्व भजनी र जाल्पा कल्व भज्नी लाई खेलकुद सामाग्री वितरण समेत गरिएको हो।

सामुदायिक वनका अध्यक्ष भागीराम डगौराको सभा अध्यक्षतामा सुरु भएको कार्यक्रम को प्रमुख अतिथि भजनी नगरपालिका कार्यपालिका सदस्य मान देवी चौधरी रहनु भएको थियो । बिशिष्ट अतिथि सब डिभिजन बन कार्यालय भजनीका प्रतिनिधि प्रकाश् वि क त्यस्तै महुन्याल माध्यमिक बिधालयका शिक्षक डम्बर मिश्र ,बालबिधा आधारभूत बिधालयका शिक्षक दया चौधरी ,केदारनाथ शिक्षक शिब कुमार चौधरी लगायत बिद्यार्थी अभिभावक को उपस्थिति रहेकोे थियो ।

कार्यमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कार्यपालिका सदस्य मान देवी चौधरी सामुदायिक वन द्वारा राम्रो काम गरिएको र आगामी दिनमा यस्ता काम गर्दै अगाडि जावस लगायतका कुराहरू राख्नुभएको थियो ।

त्यस्तै बिशिष्ट अतिथि प्रकाश् बि क ले आज सम्म आफु सब डिभिजन बन कार्यालय भजनीमा आएको ३ बर्ष भो र भजनी नगरपालिकामा मात्रै ६० वटा सामुदायिक वनहरु छन् जस् मध्य यो पहिलो उपभोक्ता मुखि कार्यक्रम रहेकोे बताए । आज जसरी गरिब जेहन्दार बिद्यार्थी र खेलाडी हरु लाई खेलकुद सामाग्री वितरण गरिएको छ । यो निकै राम्रो उत्कृष्ट काम रहेको समेत बताए ।

कार्यक्रममा स्वागत मन्तव्य संस्था कि सचीव मंगला जोशीले गर्नुभएको थियो भने कार्यक्रम संचालन संस्थाका सदस्य दिनेश कुमालले गरेका थिए ।

भजनी नगरपालिकामा शिक्षक सरुवा प्रक्रिया सुरु, ३ वर्ष पुगेकालाई अनिवार्य आवेदन

भजनी नगरपालिकाले विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षक तथा बाल विकास सहजकर्ताको व्यवस्थापन गर्न सरुवा तथा...

संस्थागत विद्यालयमा कडा निर्देशन : भर्ना शुल्क बन्द, ३ वर्ष पाठ्यपुस्तक यथावत्

कैलालीको जोशीपुर गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका संस्थागत विद्यालयहरूलाई सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको मिति...

डा. प्रदिप मिश्र सम्मानित

धनगढीको क्याम्पसरोडस्थित सुभारम्भ मन्टेस्वरी स्कुल ले आफ्नो छैटौं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।...

जोशीपुर गाउँपालिकामा विद्यालय केन्द्रित एचपिभी खोप अभियानबारे सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

कैलालीको जोशीपुर गाउँपालिकामा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाभित्र विद्यालय केन्द्रित एच.पि.भि. (HPV) खोप अभियान...

जोशीपुर गाउँपालिकामा शिक्षा नियमावली बिना शिक्षक आन्तरिक सरुवा

“कार्यपालिकाको निर्णय बेगर गाउँपालिका अध्यक्षको हस्ताक्षरमा शिक्षक सरुवा गरिएको छ।” कैलालीको जोशीपुर गाउँपालिकाले अहिलेसम्म स्थानीय...

नागरिक उन्मुक्ति पार्टी फुटसँगै कैलाली क्षेत्र नं. १ मा एउटै पार्टीका पुराना नेताले चार फरक दलबाट पाए टिकट

नागरिक उन्मुक्ति पार्टी (नाउपा) विभाजनसँगै कैलाली निर्वाचन क्षेत्र नं. १ मा रोचक राजनीतिक अवस्था देखिएको...