राजनीति संगसंगै  सामाजिक सेवामा अवस्थीको औपचारिक रुपमा प्रवेश

महेन्द्रनगर, कञ्चनपुर २०२५/२०२६ का लागि लियो क्लब अफ महेन्द्रनगर सिटी स्माइलको वार्षिक साधारण सभा (AGM) तथा संयुक्त पद हस्तान्तरण र अधिग्रहण कार्यक्रम एक भव्य समारोहबीच सफलतापूर्वक सम्पन्न भएको छ। जसमा अनेरास्ववियु कञ्चनपुर सह-सचिव दीपक राज अवस्थी  पहिलो  उपाध्यक्षको रूपमा घोषित भएका छन ।

दार्चुला मालिकार्जुन ५ डाडाकोट मा जन्मिएका अवस्थी १० सम्म  डाडाकोट स्कूल  पढेका थिए ।  १० सकिएपछि पढाईको सिलसिलामा कंचनपुर आएर पूर्ण छात्रवृतिमा वैजनाथ इन्जिनियरिङ कलेज महेन्द्रनगर बाट सिभिल इन्जिनियरिङमा डिप्लोमा गरे ।

सन् २०१८ सालमा सिभिल इन्जिनियरिङमा डिप्लोमा गरेर १८ बर्षको कलिलो उमेरमा आर्थिक समस्याका कारणले बैदेशिक रोजगारमा दक्षिण कोरिया गएका थिए । ५ बर्ष १० महिनाको भिसा लाई ३ बर्षमै छोडी नेपाल फर्किएर सु प विश्वविद्यालयमा समाज कार्य विषयको अध्ययन सुरु गरी निरन्तर सामाजिक कार्यमा लागेका  छन । अवस्थी सु प विश्वविद्यालय केन्द्रीय क्याम्पसमा यहि साउन १४ गते हुन गइरहेको  स्ववियू निर्वाचनमा  अनेरास्ववियुको तर्फ़ बाट अध्यक्ष पदको उम्मेदवार  पनि हुन । अवस्थी  भन्छन सामाजिक कार्यमा पहिले देखी रुचि थियो र यो अवसर पाउदा झन हौसला बढेको छ ।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...