महेन्द्रनगर, कञ्चनपुर २०२५/२०२६ का लागि लियो क्लब अफ महेन्द्रनगर सिटी स्माइलको वार्षिक साधारण सभा (AGM) तथा संयुक्त पद हस्तान्तरण र अधिग्रहण कार्यक्रम एक भव्य समारोहबीच सफलतापूर्वक सम्पन्न भएको छ। जसमा अनेरास्ववियु कञ्चनपुर सह-सचिव दीपक राज अवस्थी पहिलो उपाध्यक्षको रूपमा घोषित भएका छन ।
दार्चुला मालिकार्जुन ५ डाडाकोट मा जन्मिएका अवस्थी १० सम्म डाडाकोट स्कूल पढेका थिए । १० सकिएपछि पढाईको सिलसिलामा कंचनपुर आएर पूर्ण छात्रवृतिमा वैजनाथ इन्जिनियरिङ कलेज महेन्द्रनगर बाट सिभिल इन्जिनियरिङमा डिप्लोमा गरे ।
सन् २०१८ सालमा सिभिल इन्जिनियरिङमा डिप्लोमा गरेर १८ बर्षको कलिलो उमेरमा आर्थिक समस्याका कारणले बैदेशिक रोजगारमा दक्षिण कोरिया गएका थिए । ५ बर्ष १० महिनाको भिसा लाई ३ बर्षमै छोडी नेपाल फर्किएर सु प विश्वविद्यालयमा समाज कार्य विषयको अध्ययन सुरु गरी निरन्तर सामाजिक कार्यमा लागेका छन । अवस्थी सु प विश्वविद्यालय केन्द्रीय क्याम्पसमा यहि साउन १४ गते हुन गइरहेको स्ववियू निर्वाचनमा अनेरास्ववियुको तर्फ़ बाट अध्यक्ष पदको उम्मेदवार पनि हुन । अवस्थी भन्छन सामाजिक कार्यमा पहिले देखी रुचि थियो र यो अवसर पाउदा झन हौसला बढेको छ ।
