सञ्जय सिह महर :
महेन्द्रनगर, कञ्चनपुर । लियो वर्ष २०२५/२०२६ का लागि लियो क्लब अफ फारवेस्टको वार्षिक साधारण सभा तथा संयुक्त पद हस्तान्तरण र अधिग्रहण कार्यक्रम एक भव्य समारोहबीच सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा नयाँ कार्यसमितिको घोषणा गरिएको छ।

जसमा अध्यक्ष: लियो पूजा पालि, उपाध्यक्ष: लियो दिनेश बडाल ,दोस्रो उपाध्यक्ष: लियो लक्ष्मी गिरी ,सचिव: लियो दिनेश प्रसाद जोशी ,सह सचिव: लियो सौभाग्य बोगटी , कोषाध्यक्ष: लियो एंजिला भण्डारी ,सह कोषाध्यक्ष : लियो रिसब चन्द
उक्त कार्यक्रमको कार्यक्रम अध्यक्षता लियो शंकर अवस्थीले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा वरिष्ठ MJF लायन डा. भोजराज पन्तको विशेष उपस्थिति रहेकोे थियो । साथै MJF लायन जगदीश चन्द्र भट्ट, विशेष अतिथि लियो मदनराज गिरी, PVST तथा क्लबका अन्य सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
साधारण सभाले नयाँ नेतृत्वलाई शुभकामना दिँदै सामाजिक सेवामा थप उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरिएको थियो। कार्यक्रममा विभिन्न लायन तथा लियो सदस्यहरूको उत्साहजनक सहभागिता देखिएको थियो।
