महेन्द्र राजमार्गको कलुवापुरमा अवरुद्ध

कञ्चनपुरमा स्थानीयहरू आन्दोलित बनेका छन्।

बिहिवार बेलौरीदेखि महेन्द्रनगरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ००१–९२९ नम्बरको बसको ठक्करबाट वनसाहका ५५ वर्षीय द्रोपती भट्टको मृत्य भएको थियो।

मृतक महिलाको परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दे स्थानीयहरू आन्दोलित बनेका हुन्। महेन्द्र राजमार्ग अन्तर्गत शुक्लाफाँटा नगरपालिका स्थित कलुवार बजार क्षेत्रमा स्थानीयले सडक अवरुद्ध पारेका छन्।

सडक अवरुद्ध हुँदा यात्रुहरू गन्तव्यमा पुग्न सकेका छैनन् भने मालवाहक गाडीहरू बाटोमा नै थन्किएका छन्। प्रहरीले सडक खुलाउने प्रयास गरे पनि सहमति जुट्न नसकेको जनाएको छ।

स्थानीयहरूले उचित क्षतिपूर्ति उपलब्ध नगराउन्जेलसम्म आन्दोलन जारी राख्ने चेतावनी दिँदै आएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार, सडक अवरुद्ध हुँदा यात्रुहरूलाई आवतजावतमा समस्या भएको छ। प्रहरीले बस र बस चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ। मृतक भट्टको शव पोस्टमार्टमका लागी सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ।

भजनी नगरपालिकामा शिक्षक सरुवा प्रक्रिया सुरु, ३ वर्ष पुगेकालाई अनिवार्य आवेदन

भजनी नगरपालिकाले विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षक तथा बाल विकास सहजकर्ताको व्यवस्थापन गर्न सरुवा तथा...

संस्थागत विद्यालयमा कडा निर्देशन : भर्ना शुल्क बन्द, ३ वर्ष पाठ्यपुस्तक यथावत्

कैलालीको जोशीपुर गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका संस्थागत विद्यालयहरूलाई सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको मिति...

डा. प्रदिप मिश्र सम्मानित

धनगढीको क्याम्पसरोडस्थित सुभारम्भ मन्टेस्वरी स्कुल ले आफ्नो छैटौं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।...

जोशीपुर गाउँपालिकामा विद्यालय केन्द्रित एचपिभी खोप अभियानबारे सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

कैलालीको जोशीपुर गाउँपालिकामा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाभित्र विद्यालय केन्द्रित एच.पि.भि. (HPV) खोप अभियान...

जोशीपुर गाउँपालिकामा शिक्षा नियमावली बिना शिक्षक आन्तरिक सरुवा

“कार्यपालिकाको निर्णय बेगर गाउँपालिका अध्यक्षको हस्ताक्षरमा शिक्षक सरुवा गरिएको छ।” कैलालीको जोशीपुर गाउँपालिकाले अहिलेसम्म स्थानीय...

नागरिक उन्मुक्ति पार्टी फुटसँगै कैलाली क्षेत्र नं. १ मा एउटै पार्टीका पुराना नेताले चार फरक दलबाट पाए टिकट

नागरिक उन्मुक्ति पार्टी (नाउपा) विभाजनसँगै कैलाली निर्वाचन क्षेत्र नं. १ मा रोचक राजनीतिक अवस्था देखिएको...