बर्खा लागेदेखी नदिखोला नजिकका स्थानीय बासिन्दाहरु तर्सित

सन्जय शिहं महर

बर्खा लागेसँगै नदिखोला नजिकका स्थानीय बासिन्दा हरु तर्सित भएका छन । असारदेखि भदौसम्म खोलामा पानीको बहाव बढेर गाउँ बस्ती सम्म पानी आउने भएकाले कैलाली कंचनपुर लगायतका देशैभरका स्थानिय तर्सित भएका हुन । नदिकिनार नजिक भएकाले कयौँको ज्यान समेत जाने गरेको छ  ।

कंचनपुरको दोधारा चादनी स्थित कुतियाकबरमा महाकाली नदि बढेर आउदा स्थानीयहरु वर्सेनि तर्सित हुने गरेको स्थानीय बासिन्दाहरुले बताएका छन । हरेक बर्ष बाढीले आफू हरुको घर सम्म बगाउने स्थिति आउने गरेको कंचनपुरको दोधारा चादनी कुतियाकबरका आकृति कसेराले बताए।

आफुहरुलाई हरेक बर्ष दु:ख कष्ट पर्दा पनि सरकारले दीर्घकालीन समस्या समाधान न गरिदिएको भन्दै उहाले दुख व्यक्त गर्नु भयो । यस्तै बर्सेनि बाढीकै कारण आफुहरुलाई खान लाउन समेत समस्या हुने गरेको अर्का स्थानीय कैलालीका दानबिर लुहारले जानकारी दिनु भयो ।

हरेक बर्ष बाढी पहिरोकै कारण आफूहरुले दुख भोग्नु परेको भन्दै स्थानीय बासिन्दाहरुले सरकार प्रती आक्रोश समेत व्यक्त गरिरहेका छन् ।

कंचनपुरको बुझेलाका महाबिर सुनारले हरेक बर्ष जल मग्न भई घरको सारा अन्नबालिमा नोक्सानी हुने गरेको बताउनु भयो । कंचनपुरका स्थानीय हरुले अहिले गृहमन्त्री समेत आफ्नै क्षेत्रका ब्यक्ति भएकाले आफुहरुले यस पटक केहि आशा राखेको समेत बताउँछन्  । साथै उनिहरुको समयमै आफ्नो उचित ब्यवस्थापन समेत हुने बिश्वास रहेको छ । अहिले देशभर भारी बर्षातका कारण धेरै क्षेत्र हरु डुबानमा परिरहेको छन ।

भजनी नगरपालिकामा शिक्षक सरुवा प्रक्रिया सुरु, ३ वर्ष पुगेकालाई अनिवार्य आवेदन

भजनी नगरपालिकाले विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षक तथा बाल विकास सहजकर्ताको व्यवस्थापन गर्न सरुवा तथा...

संस्थागत विद्यालयमा कडा निर्देशन : भर्ना शुल्क बन्द, ३ वर्ष पाठ्यपुस्तक यथावत्

कैलालीको जोशीपुर गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका संस्थागत विद्यालयहरूलाई सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको मिति...

डा. प्रदिप मिश्र सम्मानित

धनगढीको क्याम्पसरोडस्थित सुभारम्भ मन्टेस्वरी स्कुल ले आफ्नो छैटौं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।...

जोशीपुर गाउँपालिकामा विद्यालय केन्द्रित एचपिभी खोप अभियानबारे सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

कैलालीको जोशीपुर गाउँपालिकामा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाभित्र विद्यालय केन्द्रित एच.पि.भि. (HPV) खोप अभियान...

जोशीपुर गाउँपालिकामा शिक्षा नियमावली बिना शिक्षक आन्तरिक सरुवा

“कार्यपालिकाको निर्णय बेगर गाउँपालिका अध्यक्षको हस्ताक्षरमा शिक्षक सरुवा गरिएको छ।” कैलालीको जोशीपुर गाउँपालिकाले अहिलेसम्म स्थानीय...

नागरिक उन्मुक्ति पार्टी फुटसँगै कैलाली क्षेत्र नं. १ मा एउटै पार्टीका पुराना नेताले चार फरक दलबाट पाए टिकट

नागरिक उन्मुक्ति पार्टी (नाउपा) विभाजनसँगै कैलाली निर्वाचन क्षेत्र नं. १ मा रोचक राजनीतिक अवस्था देखिएको...