- सिनावात्रालाई एक विवादास्पद फोनकलपछि थाइल्यान्डको संवैधानिक अदालतले निलम्बन गरेको छ।
- उनले सेनालाई \’काका\’ भनेर सम्बोधन गरेपछि राष्ट्रहित विपरीत व्यवहारको आरोप लागेको हो।
- सत्तारूढ गठबन्धन भंग भएको र विरोध प्रदर्शनको तयारी भइरहेको छ।
१७ असार, काठमाडौं । थाईल्यान्डकी प्रधानमन्त्री पेटोंगटन सिनावात्रालाई एक विवादास्पद फोनकलपछि मंगलबार पदबाट निलम्बन गरिएको छ। उनीमाथि आचारसंहिता उल्लंघन गरेको आरोपमा संवैधानिक अदालतले छानबिन सुरु गरेको छ।
३८ वर्षीया सिनावात्राले १० महिनाअघि मात्र प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन्। तर कम्बोडियाका पूर्व प्रधानमन्त्री हुन सेनसँगको गोप्य फोन वार्ताले उनको पद नै संकटमा पारेको छ।

