सुधराम दहित
कैलालीको जोशीपुर गाउँपालिका अन्तरगतका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको जग्गा नापनक्सा सुरु भएको छ। जोशीपुर गाउँपालिका अध्यक्ष चित्र बहादुर चौधरीले वडा नं. २ देखि नापनक्सा सुरु हुने बताउँदै नापनक्साको समुद्घाटन गर्नु भएको हो । जोशीपुर २ मा भूमिहीन दलित १७, भूमिहीन सुकुम्बासी ४२ र अव्यवस्थित ४ सय ४४ गरि जम्मा ५०३ घर रहेको छ भने गाउँपालिका भरिमा भूमिहिन दलित ५९, भूमिहीन सुकुम्बासी ३ सय ७६ र अव्यवस्थीत बसोबासी ३ हजार ९ सय ३८ रहेका छन् ।

.व. २०८२/०८३ को समान्त सम्म जोशीपुरका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुले लाल पुर्जा पाउने गा.पा. अध्यक्ष चित्र बहादुर चौधरीले बताउनु भयो । “जोशीपुर गाउँपालिका अन्तरगतका जग्गा नापनक्साका लागि कन्ट्रोल पोईन्ट थिएन त्यो कन्ट्रोल पोईन्ट स्थापनाको कार्य सकिसकेको छ अव चाँडै नापनक्साको कार्य अगाडी बढ्ने छ ।” वहाँले भन्नु भयो । नापनक्साको कार्य जोशीपुर गाउँपालिकाका प्राविधिक सुरेन्द्र पाण्डेको टोलीले गरिरहेको छ।
