कैलालीमा करणीको आरोपमा एक युवक पक्राउ परेका छन्। जिल्लाको कैलारी गाउँपालिका–८ लोहरपुरका २३ वर्षीय लक्ष्मणबहादुर साउँद करणीको आरोपमा पक्राउ परेका हुन्।

नेपाल प्रहरीले १३ वर्षीया एक बालिकालाई करण गरेको उजुरीपछि बुधवार दिउँसो साउँदलाई पक्राउ गरेको बताएको छ। इलाका प्रहरी कार्यालय, हसुलियाको टोलीले साउँदलाई फक्राउ गरेको हो।
