बुधबार, सुनको भाउ एकैदिन तोलामा एक हजार पाँच सय रुपैयाँले घटेको छ।
सुनको भाउ एक हजार पाँच सय रुपैयाँले घटेर तोलाको एक लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा २० रुपैयाँले घटेर दुई हजार एक सय ४० रुपैयाँ कायम भएको छ । हिजो चाँदी तोलाको दुई हजार एक सय ६० रुपैयाँ थियो ।
