लम्कीचुहा नगरपालिकाले ३८८ जनालाई लालपुर्जा बाँड्दै

कैलालीको लम्कीचुहा नगरपालिकाकाले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरूलाई जग्गा उपलब्ध गराउने भएको छ । सात दिने सूचना निकाल्दै नगरपालिकाले ३८८ जनालाई जग्गा उपलब्ध गराउने जनाएको हो । 

यस सम्बन्धमा कसैको हकदावी वा दावी बिरोध भए वा भूमि सम्बन्धी ऐन, २०२१ को दफा ५२ (ख) को उपदफा (४) र भूमि सम्बन्धी नियमहरू, २०२१ को नियम ४१ (ख) को उपनियम (४) मा उल्लेखित जग्गा भए वा सरकारद्वारा गठित आयोग, कार्यदल वा समितिबाट उपलब्ध गराएको जग्गा भए सोको प्रमाणसहित जिल्ला समितिको कार्यालयमा उपस्थित हुन नगरपालिकाले आग्रह गरेको छ ।

तोकिएको समयसीमा भित्र निवेदन पर्न नआएमा यसै बमोजिम जग्गा उपलब्ध गराईने पनि सूचनामा उल्लेख गरिएको छ । 

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...