बर्दगोरिया गाउँपालिकाको एक अर्ब २ करोड बजेट

कैलालीको बर्दगोरिया गाउँपालिकाको वार्षिक बजेट एक अर्ब नागेको छ। गाउँपालिकाको १६ औँ गाउँ सभा मार्फत उपाध्यक्ष गणेशराज गिरी (लालदीप)ले एक अर्ब २ करोड ९१ लाखको बजेट प्रस्तुत गरेका छन्।

आगामी आर्थिक वर्ष २०८२/८३ का लागि चालु खर्चतर्फ ३४ करोड ३९ लाख र पुँजीगत खर्चतर्फ ४१ करोड ५२ लाख विनियोजन गरिएको हो। यस्तै सामाजिक सुरक्षातर्फ २७ करोड खर्च हुने अनुमान गाउँपालिकाले गरेको छ। तीन करोड ६९ लाख ५३ हजार ५ सय ८१ रुपैयाँ आन्तरिक आय सङ्कलन हुने तथा राजस्व बाँडफाँटबाट १० करोड ७८ लाख ९९ हजार ४ सय १९ आम्दानी हुने अनुमान गाउँपालिकाको छ।

यस्तै अन्तर सरकार वित्तीय हस्तान्तरण (सङ्घीय सरकार) बाट ५२ करोड २७ लाख प्राप्त भएको छ। भने अन्तर सरकार वित्तीय हस्तान्तरण (प्रदेश सरकार) बाट पाँच करोड ७० लाख ४७ हजार गाउँपालिकालाई प्राप्त भएको छ। गत आर्थिक वर्ष २०८१÷०८२ बाट जिम्मेवारी सरी आएको ३ करोड ४५ लाख छ भने सामाजिक सुरक्षाका लागि २७ करोड आम्दानी हुने जनाइएको छ।

भजनी नगरपालिकामा शिक्षक सरुवा प्रक्रिया सुरु, ३ वर्ष पुगेकालाई अनिवार्य आवेदन

भजनी नगरपालिकाले विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षक तथा बाल विकास सहजकर्ताको व्यवस्थापन गर्न सरुवा तथा...

संस्थागत विद्यालयमा कडा निर्देशन : भर्ना शुल्क बन्द, ३ वर्ष पाठ्यपुस्तक यथावत्

कैलालीको जोशीपुर गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका संस्थागत विद्यालयहरूलाई सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको मिति...

डा. प्रदिप मिश्र सम्मानित

धनगढीको क्याम्पसरोडस्थित सुभारम्भ मन्टेस्वरी स्कुल ले आफ्नो छैटौं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।...

जोशीपुर गाउँपालिकामा विद्यालय केन्द्रित एचपिभी खोप अभियानबारे सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

कैलालीको जोशीपुर गाउँपालिकामा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाभित्र विद्यालय केन्द्रित एच.पि.भि. (HPV) खोप अभियान...

जोशीपुर गाउँपालिकामा शिक्षा नियमावली बिना शिक्षक आन्तरिक सरुवा

“कार्यपालिकाको निर्णय बेगर गाउँपालिका अध्यक्षको हस्ताक्षरमा शिक्षक सरुवा गरिएको छ।” कैलालीको जोशीपुर गाउँपालिकाले अहिलेसम्म स्थानीय...

नागरिक उन्मुक्ति पार्टी फुटसँगै कैलाली क्षेत्र नं. १ मा एउटै पार्टीका पुराना नेताले चार फरक दलबाट पाए टिकट

नागरिक उन्मुक्ति पार्टी (नाउपा) विभाजनसँगै कैलाली निर्वाचन क्षेत्र नं. १ मा रोचक राजनीतिक अवस्था देखिएको...