कैलारी गाउँपालिकाको ७२ करोड २५ लाख बजेट

कैलालीको कैलारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ७२ करोड २५ लाख रुपियाँको वार्षिक बजेट सार्वजनिक गरेको छ।

उपाध्यक्ष भगवतीकुमारी चौधरीले आज गाउँ सभामा बजेट प्रस्तुत गरिन। कैलारीले कार्यालय सञ्चालनतर्फ ११ करोड ५४ लाख, समपूरक कोषतर्फ पाँच करोड २५ लाख, बाँकी भुक्तानीका लागि दुई करोड ५० लाख, भूमि व्यवस्थापनतर्फ ६० लाख, अध्यक्ष कप रनिङ प्रतियोगिताका लागि २५ लाख बजेट विनियोजन गरेको छ।

यस्तै, विद्युतीय सुशासन तथा सूचना प्रविधि कार्यक्रमका लागि सात लाख, उपाध्यक्ष समावेशी कार्यक्रमका लागि १० लाख र अध्यक्ष रोजगार कार्यक्रमका लागि १० लाख रुपियाँ बजेट छुट्टयाइएको छ। यसैगरी, नौ वटै वडालाई ६० लाखका दरले कुल पाँच करोड ४० लाख रुपियाँ बजेट विनियोजन गरिएको छ। आन्तरिक आय दुई करोड ५७ लाख, चालु आर्थिक वर्षको खर्च हुन बाँकी ४० लाख रुपियाँ रहेको छ।

सङ्घीय सरकारको समानीकरण अनुदान १४ करोड १८ लाख, राजस्व बाँडफाँट १२ करोड ८२ लाख, ससर्त अनुदान ३० करोड ५७ लाख रुपियाँ रहेको छ। यस्तै, विशेष अनुदान ५४ लाख, समपूरक अनुदान दुई करोड ६५ लाख रुपियाँ गरेर सङ्घबाट जम्मा ६० करोड ७६ लाख रुपियाँ रहेको छ।

प्रदेश सरकारको समानीकरण अनुदान एक करोड ४३ लाख, राजस्व बाँडफाँट ४३ लाख, समपूरक अनुदान ५५ लाख र विशेष अनुदान तीन करोड २६ लाख रुपियाँ रहेको छ। यसैगरी, गैरसरकारी संस्थाको कार्यक्रम बजेट पाँच करोड २४ लाख रुपियाँ रहेको जनाइएको छ।

गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले आजै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम गाउँ सभामा प्रस्तुत गरिन्।

भजनी नगरपालिकामा शिक्षक सरुवा प्रक्रिया सुरु, ३ वर्ष पुगेकालाई अनिवार्य आवेदन

भजनी नगरपालिकाले विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षक तथा बाल विकास सहजकर्ताको व्यवस्थापन गर्न सरुवा तथा...

संस्थागत विद्यालयमा कडा निर्देशन : भर्ना शुल्क बन्द, ३ वर्ष पाठ्यपुस्तक यथावत्

कैलालीको जोशीपुर गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका संस्थागत विद्यालयहरूलाई सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको मिति...

डा. प्रदिप मिश्र सम्मानित

धनगढीको क्याम्पसरोडस्थित सुभारम्भ मन्टेस्वरी स्कुल ले आफ्नो छैटौं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।...

जोशीपुर गाउँपालिकामा विद्यालय केन्द्रित एचपिभी खोप अभियानबारे सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

कैलालीको जोशीपुर गाउँपालिकामा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाभित्र विद्यालय केन्द्रित एच.पि.भि. (HPV) खोप अभियान...

जोशीपुर गाउँपालिकामा शिक्षा नियमावली बिना शिक्षक आन्तरिक सरुवा

“कार्यपालिकाको निर्णय बेगर गाउँपालिका अध्यक्षको हस्ताक्षरमा शिक्षक सरुवा गरिएको छ।” कैलालीको जोशीपुर गाउँपालिकाले अहिलेसम्म स्थानीय...

नागरिक उन्मुक्ति पार्टी फुटसँगै कैलाली क्षेत्र नं. १ मा एउटै पार्टीका पुराना नेताले चार फरक दलबाट पाए टिकट

नागरिक उन्मुक्ति पार्टी (नाउपा) विभाजनसँगै कैलाली निर्वाचन क्षेत्र नं. १ मा रोचक राजनीतिक अवस्था देखिएको...