बैतडीमा माओवादी केन्द्रको पार्टी कार्यालयमा आगजनी

बैतडीमा माओवादी केन्द्रको पार्टी कार्यालयमा आगजनी भएको छ।

शनिवार साँझ साढे पाँच बजेको समयमा अज्ञात समूहले पार्टी कार्यालयमा आगजनी गरेको माओवादी केन्द्रले जनाएको छ। पार्टी कार्यालयको मुख्य कार्यालयमा गरेको आगजनीले मुख्य कागजात तथा फर्निचरका सबै सामानहरू पूर्णरूपमा जलेर नष्ट भएको माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य धर्म सिंह ऐरले जानकारी दिए।

करिब साढे ५ बजेको समयमा आगजनी भएको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय बैतडीको प्रहरी टोली खटिएर आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता बलदेव बडूले जानकारी दिए।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...