कैलालीको जानकी गाउँपालिकामा कृषि एम्बुलेन्स खरिद गर्न २५ लाख

कैलालीको जानकी गाउँपालिकाले कृषि उपज ढुवानी साधन (कृषि एम्बुलेन्स) खरिदका लागि २५ लाख रुपियाँ बजेट विनियोजन गरेको छ।

खैरीपुर–भोक्सी सडक कालोपत्रे निर्माणमा सङ्घीय सरकार समपूरक अनुदान लागत साझेदारीका लागि दुई करोड ५२ लाख रुपियाँ बजेट विनियोजन गरिएको छ।

यस्तै, नयाँ लायकपुर–जगतपुर–मुर्तिया–कटासे हाइड्रोपावर हुँदै पूर्व पश्चिम राजमार्ग जोड्ने सडक कालोपत्रे सङ्घीय सरकार समपूरक अनुदान लागत साझेदारीका लागि चार करोड १४ लाख रुपियाँ बजेट विनियोजन गरिएको छ।

सिकलसेल थालासेमिया रोगको पहिचान सम्बन्धी स्क्रिनिङ शिविर सञ्चालन, पालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट तोकिए बमोजिमको निःशुल्क स्वास्थ्य सेवा प्रवाह गर्न ४५ लाख रुपियाँ बजेट विनियोजन गरिएको छ। त्यस्तै, गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि पाँच करोड रुपियाँ बजेट विनियोजन गरिएको छ।

जानकी गाउँपालिकाको आगामी आर्थिक वर्षका लागि ९१ करोड ३७ लाख रुपियाँको बजेट छ। जसमध्ये चालुतर्फ ४५ करोड ८८ लाख र पुँजीगततर्फ ४५ करोड ४८ लाख रुपियाँ छुट्याइएको छ।

भजनी नगरपालिकामा शिक्षक सरुवा प्रक्रिया सुरु, ३ वर्ष पुगेकालाई अनिवार्य आवेदन

भजनी नगरपालिकाले विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षक तथा बाल विकास सहजकर्ताको व्यवस्थापन गर्न सरुवा तथा...

संस्थागत विद्यालयमा कडा निर्देशन : भर्ना शुल्क बन्द, ३ वर्ष पाठ्यपुस्तक यथावत्

कैलालीको जोशीपुर गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका संस्थागत विद्यालयहरूलाई सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको मिति...

डा. प्रदिप मिश्र सम्मानित

धनगढीको क्याम्पसरोडस्थित सुभारम्भ मन्टेस्वरी स्कुल ले आफ्नो छैटौं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।...

जोशीपुर गाउँपालिकामा विद्यालय केन्द्रित एचपिभी खोप अभियानबारे सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

कैलालीको जोशीपुर गाउँपालिकामा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाभित्र विद्यालय केन्द्रित एच.पि.भि. (HPV) खोप अभियान...

जोशीपुर गाउँपालिकामा शिक्षा नियमावली बिना शिक्षक आन्तरिक सरुवा

“कार्यपालिकाको निर्णय बेगर गाउँपालिका अध्यक्षको हस्ताक्षरमा शिक्षक सरुवा गरिएको छ।” कैलालीको जोशीपुर गाउँपालिकाले अहिलेसम्म स्थानीय...

नागरिक उन्मुक्ति पार्टी फुटसँगै कैलाली क्षेत्र नं. १ मा एउटै पार्टीका पुराना नेताले चार फरक दलबाट पाए टिकट

नागरिक उन्मुक्ति पार्टी (नाउपा) विभाजनसँगै कैलाली निर्वाचन क्षेत्र नं. १ मा रोचक राजनीतिक अवस्था देखिएको...