वडा नम्बर ४ द्वारा उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीहरुलाइ साइकल वितरण

कैलालीको जोशीपुर गाउँपालिका वडा नम्बर ४ ले आफ्नो वडा भित्र रहेका मा वि विधालयका कक्षा ६ देखि १० सम्मका उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीहरु लाई साईकल वितरण गरि सम्मान  गरिएको छ ।

आर्थिक बर्ष २०८०/८१ को वडा को बजेट बाट राष्ट्रिय माध्यमिक बिधालय डहरबेरियाका  कक्षा ६ देखि १० सम्मका उत्कृष्ट नतिजा ल्याउने  बिद्यार्थीहरु लाई साईकल वितरण गरिएको हो ।  समान हुनेमा कक्षा ६ बाट दिपशिखा चौधरी र आलोक चौधरी कक्षा ७ बाट अभिनय बडायक र अनमिका कठरिया , कक्षा ८ बाट स्मृति चौधरी र अवन्तीका चौधरी , कक्षा ९ बाट रक्षा चौधरी र स्नेहा कठरिया रहेका छन् भने कक्षा १० को रिजल्ट आएपछि उत्कृष्ट बिद्यार्थीहरु लाई सम्मान समेत गर्ने बताएको छ
विद्यालयमा औपचारिक कार्यक्रम आयोजना गर्दै आज उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई
अभिभावक सहित सम्मान गरिएको थियो। जसको सभाध्यक्ष विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद डगौराको सभा अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि जोशीपुर गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष रामजनम चौधरी रहनुभएको थियो। कार्यक्रममा शिक्षक अभिभावक सङ्घ लगायत अभिभावकहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै विद्यालयका प्राध्यापक लिलाराम ओलीले वडाले दिएको साइकिलको सदुपयोग र आगामी दिनमा अझै उत्कृष्ट गर्न र अन्य विद्यार्थीहरूलाई समेत साइकिल जित्नका लागि मेहनत गर्न अनुरोध गर्नुभयो

कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर ४ का वडा  अध्यक्ष रामजनम चौधरीले आफूहरूले वडाबाट सधैं उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई विभिन्न विधामा सम्मान गर्दै आएका र आगामी दिनमा गर्दै जाने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद डंगोराले वडाले राम्रो काम गर्दै आइरहेको र आगामी दिनमा यस्ता काम गर्दै आओस् भन्ने शुभकामना व्यक्त गर्दै कार्यक्रमलाई समापन गर्नुभएको थियो।

भजनी नगरपालिकामा शिक्षक सरुवा प्रक्रिया सुरु, ३ वर्ष पुगेकालाई अनिवार्य आवेदन

भजनी नगरपालिकाले विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षक तथा बाल विकास सहजकर्ताको व्यवस्थापन गर्न सरुवा तथा...

संस्थागत विद्यालयमा कडा निर्देशन : भर्ना शुल्क बन्द, ३ वर्ष पाठ्यपुस्तक यथावत्

कैलालीको जोशीपुर गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका संस्थागत विद्यालयहरूलाई सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको मिति...

डा. प्रदिप मिश्र सम्मानित

धनगढीको क्याम्पसरोडस्थित सुभारम्भ मन्टेस्वरी स्कुल ले आफ्नो छैटौं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।...

जोशीपुर गाउँपालिकामा विद्यालय केन्द्रित एचपिभी खोप अभियानबारे सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

कैलालीको जोशीपुर गाउँपालिकामा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाभित्र विद्यालय केन्द्रित एच.पि.भि. (HPV) खोप अभियान...

जोशीपुर गाउँपालिकामा शिक्षा नियमावली बिना शिक्षक आन्तरिक सरुवा

“कार्यपालिकाको निर्णय बेगर गाउँपालिका अध्यक्षको हस्ताक्षरमा शिक्षक सरुवा गरिएको छ।” कैलालीको जोशीपुर गाउँपालिकाले अहिलेसम्म स्थानीय...

नागरिक उन्मुक्ति पार्टी फुटसँगै कैलाली क्षेत्र नं. १ मा एउटै पार्टीका पुराना नेताले चार फरक दलबाट पाए टिकट

नागरिक उन्मुक्ति पार्टी (नाउपा) विभाजनसँगै कैलाली निर्वाचन क्षेत्र नं. १ मा रोचक राजनीतिक अवस्था देखिएको...