वडा नम्बर ४ द्वारा उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीहरुलाइ साइकल वितरण

कैलालीको जोशीपुर गाउँपालिका वडा नम्बर ४ ले आफ्नो वडा भित्र रहेका मा वि विधालयका कक्षा ६ देखि १० सम्मका उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीहरु लाई साईकल वितरण गरि सम्मान  गरिएको छ ।

आर्थिक बर्ष २०८०/८१ को वडा को बजेट बाट राष्ट्रिय माध्यमिक बिधालय डहरबेरियाका  कक्षा ६ देखि १० सम्मका उत्कृष्ट नतिजा ल्याउने  बिद्यार्थीहरु लाई साईकल वितरण गरिएको हो ।  समान हुनेमा कक्षा ६ बाट दिपशिखा चौधरी र आलोक चौधरी कक्षा ७ बाट अभिनय बडायक र अनमिका कठरिया , कक्षा ८ बाट स्मृति चौधरी र अवन्तीका चौधरी , कक्षा ९ बाट रक्षा चौधरी र स्नेहा कठरिया रहेका छन् भने कक्षा १० को रिजल्ट आएपछि उत्कृष्ट बिद्यार्थीहरु लाई सम्मान समेत गर्ने बताएको छ
विद्यालयमा औपचारिक कार्यक्रम आयोजना गर्दै आज उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई
अभिभावक सहित सम्मान गरिएको थियो। जसको सभाध्यक्ष विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद डगौराको सभा अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि जोशीपुर गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष रामजनम चौधरी रहनुभएको थियो। कार्यक्रममा शिक्षक अभिभावक सङ्घ लगायत अभिभावकहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै विद्यालयका प्राध्यापक लिलाराम ओलीले वडाले दिएको साइकिलको सदुपयोग र आगामी दिनमा अझै उत्कृष्ट गर्न र अन्य विद्यार्थीहरूलाई समेत साइकिल जित्नका लागि मेहनत गर्न अनुरोध गर्नुभयो

कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर ४ का वडा  अध्यक्ष रामजनम चौधरीले आफूहरूले वडाबाट सधैं उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई विभिन्न विधामा सम्मान गर्दै आएका र आगामी दिनमा गर्दै जाने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद डंगोराले वडाले राम्रो काम गर्दै आइरहेको र आगामी दिनमा यस्ता काम गर्दै आओस् भन्ने शुभकामना व्यक्त गर्दै कार्यक्रमलाई समापन गर्नुभएको थियो।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...