कारागारमा हरिसिंहको रहस्यमय मृत्युपछि डडेल्धुरामा राजमार्ग बन्द

कैलाली कारागारमा २८ वर्षीय हरिसिंह पालीको हत्या गरिएको भन्दै डडेल्धुरामा राजमार्ग बन्द गरिएको छ।

डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का पालीको प्रहरीले कुटपिट गरेर हत्या गरेको भन्दै राजमार्ग बन्द गरिएको हो। उनको सोमवार राति सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको कैलाली प्रहरीले बताएको छ। बैंकिङ्ग कसुरमा पक्राउ परेका पालीका शरीरमा निलडाम छन्। उनको टाउँकोको पछाडीबाट रगतसमेत आएको छ।

उनलाई २९ फागुनमा कैलाली जिल्ला अदालतले १० दिन कैद र दुई लाख रुपैयाँ जरिवाना तोकेको थियो। सोही सजाय कार्यान्वयन गर्न पालीलाई डडेल्धुराको अमरगढी नगरपालिका–५ स्थित तुफानडाँडाबाट पक्राउ गरिएको थियो। पक्राउपछिको दुई दिनमै उनको कैलाली कारागारमै मृत्यु भएको हो।

मृतकका काका पदम सिंह पालीले प्रहरी नायब निरीक्षक हरिजित नाथमाथि रकम मागेको आरोप लगाएका छन्। उनले असार २ गते मात्र हरिजित नाथकै खातामा ८५ हजार रुपैयाँ ट्रान्सफर गरेको बताए। उनले भने, ‘हामीले ८५ हजार पठाएका थियौ। तर, त्यसपछि प्रहरीको वर्दीको आडमा उनीमाथि यति धेरै दमन गरियो कि शरीरभर निलडाम थिए, टाउकाबाट रगत बगेको थियो।’ यसअघि पनि हरिजितले महेन्द्रनगरमा दुई घण्टा हिरासतमा राखेर बार्गेनिङ गरेर छोडेका परिवारका सदस्यले आरोप लगाएका छन। प्रहरीले पालीलाई निजी सवारी प्रयोगमा डडेल्धुराबाट कैलाली ल्याइएको हो।

उनको शव सेती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ। शवमा कुटपिटको निलडाम रहेको भिडियोसमेत सार्वजनिक भएको छ। आफन्तहरूले सत्यतथ्य नखुलेसम्म र दोषीलाई कारबाही नभएसम्म शव नउठाउने अडान लिएका छन्। तर, कैलाली कारागारका जेलर वसन्त खत्रीले भने राति साढे १० बजेतिर शौचालयमा लडेको खबर सुरक्षा गार्डले गरेका बताएका छन्।

त्यसपछि कारागारमा कार्यरत अहेवलाई पठाइएको थियो। घटना गम्भीर देखिएपछि सेती अस्पताल लगिएको थियो। राति १२ः१५ मा उनको निधन भएको हो। पाली १ गते मात्रै कारागार आएका थिए।

भजनी नगरपालिकामा शिक्षक सरुवा प्रक्रिया सुरु, ३ वर्ष पुगेकालाई अनिवार्य आवेदन

भजनी नगरपालिकाले विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षक तथा बाल विकास सहजकर्ताको व्यवस्थापन गर्न सरुवा तथा...

संस्थागत विद्यालयमा कडा निर्देशन : भर्ना शुल्क बन्द, ३ वर्ष पाठ्यपुस्तक यथावत्

कैलालीको जोशीपुर गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका संस्थागत विद्यालयहरूलाई सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको मिति...

डा. प्रदिप मिश्र सम्मानित

धनगढीको क्याम्पसरोडस्थित सुभारम्भ मन्टेस्वरी स्कुल ले आफ्नो छैटौं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।...

जोशीपुर गाउँपालिकामा विद्यालय केन्द्रित एचपिभी खोप अभियानबारे सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

कैलालीको जोशीपुर गाउँपालिकामा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाभित्र विद्यालय केन्द्रित एच.पि.भि. (HPV) खोप अभियान...

जोशीपुर गाउँपालिकामा शिक्षा नियमावली बिना शिक्षक आन्तरिक सरुवा

“कार्यपालिकाको निर्णय बेगर गाउँपालिका अध्यक्षको हस्ताक्षरमा शिक्षक सरुवा गरिएको छ।” कैलालीको जोशीपुर गाउँपालिकाले अहिलेसम्म स्थानीय...

नागरिक उन्मुक्ति पार्टी फुटसँगै कैलाली क्षेत्र नं. १ मा एउटै पार्टीका पुराना नेताले चार फरक दलबाट पाए टिकट

नागरिक उन्मुक्ति पार्टी (नाउपा) विभाजनसँगै कैलाली निर्वाचन क्षेत्र नं. १ मा रोचक राजनीतिक अवस्था देखिएको...