बर्दगोरियामा भलमन्सा भवन शिलान्यास

कैलालीको बर्दगोरिया गाउँपालिका–३ रानिकुण्डामा भल्मन्सा भवनको शिलान्यास गरिएको छ । उक्त भलमन्सा भवनको पालिका अध्यक्ष कर्ण बहादुर कुँवर र वडा नं. ३ का वडाध्यक्ष मन्ऋषी आचार्यले संयुक्त रूपमा शिलान्यास गर्नुभएको हो । सो भवन ४० लाख रुपियाँको लागतमा निर्माण हुने पालिका अध्यक्ष कर्ण बहादुर कुँवरले जानकारी दिनुभएको छ ।

भलमन्सा भवनको निर्माण कार्य गुणस्तरीय एवं फलदायी बनाउनका लागि उपभोक्ता समिति र स्थानीय सबै पक्षले निर्माण कार्यबारे चासो लिनुपर्ने  र छिट्टै सम्पन्न गर्नु पर्ने अध्यक्ष कुँवरले आग्रह गर्नुभएको छ । 

रानीकुण्डा चौधरी टोल भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष कल्लुराम डगौराले बर्दगोरिया गाउँपालिकाले बजेट बिनियोजित गरेकोमा धन्यवाद ब्यक्त गरे । साथै उनले यो भवन बने यहाँका भलमन्साहरुलाई कुनै कार्यक्रम ,बैठक बस्न सहज हुने बताए । पालिकाले अहिले १२ लाख ५० हजार बिनियोजन गरेको छ । आगमी बजेट आउने आर्थिक बर्षमा बिनियोजन गर्ने पालिकाले जनाएको छ ।

भजनी नगरपालिकामा शिक्षक सरुवा प्रक्रिया सुरु, ३ वर्ष पुगेकालाई अनिवार्य आवेदन

भजनी नगरपालिकाले विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षक तथा बाल विकास सहजकर्ताको व्यवस्थापन गर्न सरुवा तथा...

संस्थागत विद्यालयमा कडा निर्देशन : भर्ना शुल्क बन्द, ३ वर्ष पाठ्यपुस्तक यथावत्

कैलालीको जोशीपुर गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका संस्थागत विद्यालयहरूलाई सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको मिति...

डा. प्रदिप मिश्र सम्मानित

धनगढीको क्याम्पसरोडस्थित सुभारम्भ मन्टेस्वरी स्कुल ले आफ्नो छैटौं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।...

जोशीपुर गाउँपालिकामा विद्यालय केन्द्रित एचपिभी खोप अभियानबारे सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

कैलालीको जोशीपुर गाउँपालिकामा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाभित्र विद्यालय केन्द्रित एच.पि.भि. (HPV) खोप अभियान...

जोशीपुर गाउँपालिकामा शिक्षा नियमावली बिना शिक्षक आन्तरिक सरुवा

“कार्यपालिकाको निर्णय बेगर गाउँपालिका अध्यक्षको हस्ताक्षरमा शिक्षक सरुवा गरिएको छ।” कैलालीको जोशीपुर गाउँपालिकाले अहिलेसम्म स्थानीय...

नागरिक उन्मुक्ति पार्टी फुटसँगै कैलाली क्षेत्र नं. १ मा एउटै पार्टीका पुराना नेताले चार फरक दलबाट पाए टिकट

नागरिक उन्मुक्ति पार्टी (नाउपा) विभाजनसँगै कैलाली निर्वाचन क्षेत्र नं. १ मा रोचक राजनीतिक अवस्था देखिएको...